फेन्सी कपडा व्यावसायीको अग्नि पीडितलाई सहयोग



गुल्मी – फेन्सी कपडा व्यावसायी समिति गुल्मीले अग्नि पीडितलाई राहत सामाग्री वितरण गरेको छ । जिल्लाको इस्मा गाउँपालिकाको सिदुङखा,कोटकोटेरी, बुल्मका २८ परिवारलाई खाद्यान्न,शिरकदसना,लत्ताकपडा, भाडा सहयोग गरिएको फेन्सी कपडा व्यावसायी समिति रेसुङ्गा नगरका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए ।

राहत सामाग्री प्रदान गर्न फेन्सी व्यावसायी समितिका पदाधिकारी तथा सदस्यहरु अग्नि प्रभावित क्षेत्रमा पुगेका थिए । प्रत्येक परिवारलाई २० हजार बराबरको राहत सामाग्री वितरण गरिएको हो ।

बैशाख ८ गते शनिबार हावाहुरी सहित भएको भीषण आगलागीबाट पुर्ण रुपमा घरगोठ जलेका परिवारका सदस्यलाई राहत स्वरुप लत्ताकपडा प्रदान गरिएको फेन्सी कपडा व्यावसायी समिति गुल्मीका अध्यक्ष अर्जुन कार्कीले बताए ।


Advertisement

´फेन्सी व्यावसायका ग्राहक भनेकै नागरिक हुन् त्यसैले ऊनीहरुलाई परेका हरेक समस्या सहयोग गर्नु एक असल व्यावसायीको धर्म हो´ कार्कीले भने ´त्यसैले पीडितलाई यो समयमा हाम्रो सानो सहयोगले ठूलो राहत पुग्छ भन्ने उदेश्यले सहयोग प्रदान गरेका हौं।`

शनिबार हावाहुरीसहित लागेको भीषण आगलागीबाट पालिकाभित्रका २६ वटा घर र ४९ गोठ जलेर पूर्ण नष्ट भएका छन् ।आगलागीबाट एक सय ९९ नागरिक प्रभावित भएका छन् । सामुदायिक वनमा लागेको आगो अनियन्त्रित भइ बस्तीमा पुगेपछि करोडौंको क्षति भएको छ।

अग्नी पिडितहरुका लागि विभिन्न संघ संस्थाले राहत सामाग्री प्रदान गर्ने क्रम बढदै गएको छ । जिल्ला र जिल्ला बाहिरबाट विभिन्न संघ संस्थाले अग्नी पिडितहरुका लागि सामाग्री पुर्याउने काम गरेका छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.