गुल्मीको भनभनेमा आगलागीबाट तीनवटा घरगोठ जले



गुल्मी – गुल्मीको मदाने गाउँपालिका – ७  भनभनेमा आगलागीबाट तीनवटा घरगोठ जलेर नष्ट भएका छन् । आइतबार स्थानीय व्यक्तिको खरबारीमा लागेको  आगो वस्ती तर्फ फैलिएर तीन वटा घर–गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

भनभनेको दिपक माद्यामिक विद्यालय नजिकैको वनबाट फैलिएको आगो बस्तीमा फैलिएपछी स्थानीय यम बहादुर घर्तीको ढुङ्गाले छाएको दुईतले घर जलेर पुर्ण क्षती भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए । त्यस्तै आगलागीबाट सोही वडाका सोम बहादुर घर्तीको ढुङ्गाले छाएको २ तले कच्ची घर,बङ्गालो र कुटानी कुटानी पिसानी  गर्ने एउटा मिल समेत जलेर पुर्णरुपमा क्षति भएको छ ।


Advertisement

हावाहुरी सहित भएको भीषण आगलागीबाट दिपक माद्यामिक विद्यालयको दुईवटा शौचालय जलेर नष्ट भएका छन् भने स्थानीयका परालको टौवा, दाउरा राख्ने कटकुरो, आरा मेसिन  पुर्णरुपमा जलेर क्षेती भएको प्रहरीले जनाएको छ ।

आगो सुरक्षाकर्मी , जनप्रतिनिधी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । गर्मीयाम सुरुभएसँगै भएको आगलागीले जिल्लाभर दर्जनौं घर गोठ पुर्ण क्षति भएका छन् भने सयौं पशुचौपायले ज्यान गुमाएका छन् ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.