रिडी – तम्घास सडक एक महिनाको लागि बन्द हुने
गुल्मी – मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी – तम्घास सडक एक महिनाको लागि बन्द हुने भएको छ । रिडीदेखि बलेटक्सारसम्मको २५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गर्न लागिएकाले सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले एक सूचना जारी गर्दै सडक यही वैशाख १७ गतेदेखि जेठ १५ गतेसम्म बिहान १० बजे देखि ४ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जनाएको छ।
अहिले उक्त सडकका केही ठाउँमा कडा चट्टान फोर्न र सडकको ग्रेड मिलाउने कार्य गर्न धमाधम भइरहेको छ।२०७९ फागुन २८ गते सम्झौत भई २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्ने गरि समान्तर इलाइट जेभीले निर्माणको जिम्मा पाएको छ ।
उक्त निर्माण कम्पनीएक अरब ५० करोड ४८ लाख ३२ हजार ९ सय ५९ रुपैयाँको लागतमा सडक स्तरउन्नती र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।
मदन भण्डारी राजमार्ग अन्तर्गतको रिडी – तम्घास सडक हुँदै तम्घास बुटवल दैनिक दर्जनौं सवारी आवातजावत गर्ने गर्दछन् । यो बन्द भएसँगै बैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।