गुल्मीमा माटाको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु



फाइल तस्बिर

गुल्मी – गुल्मीमा माटाको ढिस्कोले पुरिएर एकजना महिलाको ज्यान गएको छ भने एकजना घाइते भएकी छन् । जिल्लाको जिल्लाको रेसुङ्गा नगरपालिका -१४, पराल्मी चौराहा निवासी ५५ वर्षीया बिष्णु रानाको मृत्यु भएको हो ।

त्यस्तै ढिस्कोले लागेर सोही स्थानकी ५४ वर्षकी हुमकला राना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

शनिबार दिउँसो १:३० बजेको समयमा घर लिप्ने माटो लिन एकै गाउँका ६ जना गएका थिए । माटो खनिरहेका बेला अचानक ढिस्को खसेर घाइते भएकी विष्णुको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतककी जेठानी हुमकला घाइते भएको र बोल्न नसक्ने अवस्थामा रहेकि छन् ।


Advertisement
Advertisement

उनको उपचार गुल्मी अस्पतालमा भइरहेको छ । घटनास्थलमा उद्धारका लागि प्रहरी निरीक्षक किरण सापकोटाको कामना प्रहरीको टोली पुगेको थियो ।  घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन