मृगौला रोगबारे गुल्मीमा सचेतनामुलक कार्यक्रम



Advertisement
विज्ञापन

गुल्मी – जनतालाई स्वास्थ्य क्षेत्रमा योगदान दिने उदेश्य सहित गुल्मीमा मृगौला रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । जिल्लाको सदरमुकाम तम्घास स्थित शुभलक्ष्मी फर्माले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यकर्मी र डाक्टरसँग मृगौला रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ । खानपान र समय समयमा स्वास्थ्य परीक्षण नगर्दा पछिल्लो समय विभिन्न कारणले मृगौला रोग र यसका बिरामी बढ्दै गएको शुभलक्ष्मी फर्माका व्यवस्थापक होमबहादुर पल्ली मगरले जानकारी दिए ।

मृगौला रोगका बिरामीमा देखिन लक्षण र समस्या समाधानमा बारेमा स्वास्थ्यकर्मी मार्फत नागरिकलाई जानकारी दिने उदेश्यले सचेतनामुलक कार्यक्रम आयोजना गरिएको व्यावस्थापक पल्लीले बताए । शुक्रबार मृगौला रोग विशेषज्ञ डाक्टर कृष्णकुमार अग्रवाल र जिल्लास्थित संचारकर्मी बिच अन्तरक्रिया गरिएको छ । त्यस्तै होटल पौवा रेसुंगामा जिल्लाका स्वास्थ्यकर्मी र डाक्टरसँग मृगौला रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको फर्माले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

स्वास्थ्यकर्मीले बिरामी र संचारकर्मीले दर्शक र स्रोतामाझ सूचना प्रवाह गरी नागरिकलाई मृगौला रोगका लक्षण र यसबाट बच्ने उपाय सहित सचेतना फैलाउन यो कार्यक्रम गरिएको व्यावस्थापक पल्लीको भनाई छ । अनुहार सुन्निनु,अरुचि हुनु,वाकवाकी लाग्नु उल्टी हुनु,उच्च रक्तचाप,रक्तअल्पता र कमजोरी,पिसाब पोल्ने,पिसाब लागिरहने,पिसाबबाट रगत र पिप निस्कनु, खुट्टा सुन्निनु, आँखा वरिपरिको भाग सुनिनु, खाना मन नलाग्नु मृगौला रोगका लक्षण रहेको विशेषज्ञ डाक्टर कृष्णकुमार अग्रवालले जानकारी दिए ।

विशेषज्ञ डाक्टर अग्रवालका अनुसार एक सय जना बिरामीमध्ये ३ जनामा डायलायसिस गर्नुपर्ने र यो रोग ५० प्रतिशतमा मात्र देखापर्दछ । रोजगारीका लागि खाडी मूलकमा गएर स्वदेश फर्किएका युवाहरूमा यो रोग बढी देखा पर्ने गरेकाले यसको थप अनुसन्धानकै क्रममा रहेको उनले बताए । उपचार पछि निको हुने गरेकाले नआत्तिन र सजग रहन आग्रह गर्दै उनले विश्वब्यापीरुपमा मृत्यु हुनेको कारण मध्ये पाँचौँ नम्बरमा यो रोग पनि रहेको बताए ।

रक्तचाप र मधुमेहको नियमित परीक्षण, वर्षको एक पटक रगत, पिसाबको जाँच गर्ने ,प्रशस्त मात्रामा पानी पिउने, जथाभावी औषधि सेवन नगने सन्तुलित आहारको सेवन गर्ने र नियमित शारीरिक व्यायाम गर्ने गरेमा मृगौला रोगबाट बच्च सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले मार्च १० लाई बिश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको छ । मृगौला रोगको,यसका लक्षण र बच्ने उपायबारे गाउँबस्तीमै पुगेर नागरिकलाई सचेतनामुल कार्यक्रम गर्न जरुरी देखिन्छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन

मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन