गुल्मीको चन्द्रकोटमा नि:शुल्क स्वास्थ्य शिविर हुने 



गुल्मी  – गुल्मीको चन्द्रकोट गाउँपालिकाले एकदिने बृहत नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।आगामी जेठ ४ गते जनप्रतिनिधिले पदभार ग्रहण गरेको  दिनको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

आर्थिक अवस्था कमजोर भएका कारणले उपचारबाट बन्चित भएका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने लक्ष्यले शिविर संचालन गर्न लागिएको गाउँपालिका अध्यक्ष युवराज खत्रीले जानकारी दिए । गाउँपालिकाले नियमित कार्यक्रम अन्तर्गत एकीकृत स्वास्थ्य घुम्टी शिविर संचालन गर्दै आएको छ,´उनले भने`´आर्थिक अवस्था कमजोर भएर उपचारबाट बन्चित भएका नागरिकलाई गाउँ तहमै विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्न लागिएको हो , गाउँपालिका भित्रका अशक्त गरिब नागरिकलाई उक्त शिविर थप प्रभावकारी र सहज हुनेछ।


Advertisement

शनिबार गाउँपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत शिविरमा विभिन्न रोगका१६ जना बिशेषज्ञ डाक्टरहरुले स्वास्थ्य सेवा प्रदान गर्ने जनाइएको छ । शिविरमा जटिल रोगका बिरामी, वृद्ध,अशक्त नागरिकलाई शिविर हुने स्थानसम्म पुग्नको लागि निशुल्क यातायातको सुविधा प्रदान गर्ने भएको छ । शिविरमा बिरामीलाई जटिल समस्या देखिएको खण्डमा अनेत्र उपचारमा जानको लागि गाउँपालिकाले आवश्यक शहरीकरण गर्ने अध्यक्ष खत्रीको भनाइ छ ।

शिविरमा सुगर, प्रेसर, थाइराइड, बाथ, दम, पेट, छाती तथा मुटुरोग विशेषज्ञ सेवा उपलब्ध हुनेछन् । त्यस्तै शिविरमा पालिका भित्रका २ हजार नागरिकले सेवा लिइने अपेक्षा लिएको छ । बिशेषज्ञ सेवा लिन पाल्पा, बुटवल, काठमाडौं लगायत शहरमा जानुपर्ने बाध्यता थियो  । तर ,विशेषज्ञ सहितको सेवा गाउँमै आउने भएपछि नागरिकमा केही उत्साह थपिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरि नागरिकहरुको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्न स्वास्थ्य शिविरमा राख्ने गरेको पालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताए । उनले यी र यस्ता खालका शिविरले नागरिकको स्वास्थ्य प्रतिको जिम्मेवारी वहन हुने बताए ।
साथै शिविरमा दन्तपरिक्षण तथा आँखा उपचार सेवा, इ.सि.जि.,भिडियो एक्सरे तथा ल्याव परिक्षण सेवा समेत उपलब्ध हुनेछन् । गतवर्ष गाउँपालिकाले संचालन गरेको शिविरमा २ हजार बढी नागरिकले सेवा लिएका थिए ।  शिविर गाउँपालिकाको कार्यालय परिसरमा हुने छ । गाउँपालिकाले जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम  गर्ने गाउँपालिकाले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन