राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ गुल्मीको अध्यक्षमा अर्याल



गुल्मी – राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ गुल्मीको अध्यक्षमा बोम अर्याल निर्वाचित भएका छन् । स्वास्थ्यकर्मीहरुको तेस्रो अधिवेशनबाट अर्यालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।


Advertisement

समिति उपाध्यक्षमा इन्द्रदेव पौडेल, बसन्ता ज्ञवाली, सचिव केपी भण्डारी, कोषाध्यक्ष अनन्तराम अधिकारी र सह–सचिव पुस्कार गौतम चयन भएका हुन् । स्वास्थ्यकर्मीहरुका हकहितको बारेमा आवाज बुलन्द गर्ने उदेश्यले महासंघको गठन गरिएको जनाइएको छ ।

स्वास्थ्यकर्मीहरुका विभिन्न समस्याका बारेमा संगठनले सधै वकालत गर्ने नवनिर्वाचित अध्यक्ष अर्यालले बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.