गुल्मीको चन्द्रकोट गाउँपालिकामा पनि कपडा बैंक



गुल्मी – जिल्लाको चन्द्रकोट गाउँपालिकामा कपडा बैंक शुभारम्भ भएको छ । मंगलवार एक कार्यक्रमका बिच चन्द्रकोट गाउपालिका शान्तिपुर बजारमा गुल्मीमै पहिलो पटक उक्त कपडा बैङ्कको उद्धघाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष युबराज के सी ले यो कार्य निकै प्रसंसनीय र परोपकारी भएको हुदा गुल्मीका अन्य पालिकाहरुमा समेत कपडा बैंक आवश्यक रहेको बताए ।  उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीले मानवीय सेवा गर्ने उद्देश्यका साथ क्लोथ बैंकको सुरुवात यस यस पालिकामा गर्न पाएकोमा क्लोथ बैंक परिवार प्रति आभार प्रकट गरे ।


Advertisement

कार्यक्रममा बोल्दै प्रमुख प्रसासकिय अधिकृत बुद्ध पौडेलले क्लोथ बैंकमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न मिल्ने बताए ।

कार्यक्रममा विभिन्न संचारकर्मी,नेपाल रेडक्रस, वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जन प्रतिनिधिहरु विभिन्न बिद्यालयका अध्यक्ष, प्रधानध्यापक, शिक्षक, युवा तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कपडा बैङ्कका अध्यक्ष कमल जि सि ले यो परोपकारी कार्य गर्ने अवसर प्रदान गरेकोमा गाउँपालिकालाई धन्यवाद ज्ञापन गरे । साथै उनले कपडा बैंक संचालन भएको चार महिनाको अवधिमा विभिन्न पालिकाको अनुरोध र सिफारिसमा आगोलागी पिडितहरु ७ सय भन्दा बढी घर धुरी परिवारलाई कपडा प्रदान गर्दा साच्चिकै पुण्यको कार्य गर्न पाएकोमा जि.सी.ले सम्पूर्ण पालिकाहरुलाई धन्यवाद दिए ।

चन्द्रकोट गाउपालिकाको बसपार्क स्थित संकलन बक्स राखिने र संकलित कपडाहरुलाइ पुनस् प्रशोधन (रि साइकल) गरि आवश्यकताका आधारमा वितरण गरिने क्लोथ एण्ड फुड बैंक नेपालका मुख्य अभियान्ता तथा २ न वडा अध्यक्ष कमल के.सी.ले बताए ।
क्लोथ बैंकले भविष्यमा हरेक घर घरमा पुगेर कपडा वितरण गर्ने क्लोथ बैंकको लक्ष्य रहेको छ । क्लोथ एण्ड फूड बैंक नेपालले आगामी २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १६० भन्दा बढी स्थानीय सरकार यो अभियानमा जोडिएका छ्न ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.