रिडी-तम्घास सडक असार १६ सम्म बन्द हुने



 

गुल्मी – आजदेखि रिडी–तम्घास सडक पुनः एक महिनासम्म बन्द हुँने भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास रिडी सडकको रिडीदेखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरउन्नतीसँगै कालोपत्रे गर्न काम हुँदै आएको छ ।


Advertisement

जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै सडक बन्द हुने जनाएको हो । गएको चैतदेखि सडक बन्द गरेरै काम हुँदै आएको छ । सडकको केहि ठाउँमा चट्टान फोर्ने र सडकको ग्रेड मिलाउने लगायतका कार्य गर्न भन्दै जेठ १८ गतेदेखि असार १६ गतेसम्म बिहान १० बजे देखि ४ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डको २५ किलोमिटर राजा सम्म समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । सडक निर्माणको काम तिब्र रुपमा अगाडी बढेको छ । सडकमा कटिङ्ग र स्तरउन्नतीको काम गर्न करिब २२ वटा जेसिबी डोजर प्रयोग गरेर काम भइरहेको छ । राजमार्गमा ७० प्रतिशत सडकको कटिङ्गको काम सकिएकोे समानन्तर इलाइट जेभीका इन्जिनियर राकेशकुमार पासवानले बताए ।

सडकमा सवारी साधनले काम गर्न अबरोध गर्नेभएपछि समय तोकेर बन्द गरेरै काम हुँदै आएको छ । सवारी साधनको बृद्धिसँगै पुरानो बाटोले साँघुरो हुँदै गएपछि रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडक बिस्तार हुँदैछ । पहिलो चरण २५ किलोमिटर सडक स्तरउन्नतीसँगै कालोपत्रे हुन लागेको हो । २०७९ साल फागुन २८ गते सम्झौत भइ २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।

१ अरब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक स्तरउन्नती र कालोपत्रे गर्ने गरि ठेक्का सम्झौता भएको छ । सडक बन्द भएसँगै बैकल्पीक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

सडकको वैशाखको अन्तिमसम्म ३५ प्रतिशत भौतिक प्रगती र ३० प्रतिशत वित्तिय प्रगति भएको मदन भण्डारी सडक आयोजनाले जनाएको छ । मदन भण्डारी राजमार्गको गुल्मी खण्डको रिडीबाट सडकको स्तर उन्नती गर्ने कार्य हुँदै आएको छ ।

सडकको ७.७५ चौडाई कालोपत्रे गरिने भएको छ । अहिले भएको सडक निकै सानो र कालोपत्रे पनि भत्कीदै गएको थियो । यो सडक गुल्मी जिल्ला सदरमुकाम तम्घास आउने मुख्य सड्क हो । यस सडकम सवारी साधनको चाप अत्याधिक हुने गर्दछ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.