गुल्मीमा फस्टाउन सकेन व्यवसायिक कालिज पालन



गुल्मी – पछिल्लो समय व्यवसायिक कृषिमा आकर्षण बढेपनि घाटा व्यहोरेर पलायन हुनेहरू क्रम पनि उतिकै छ । आवश्यक ज्ञान, सीपका साथै बजार व्यवस्थापन गर्न नसक्दा कृषि पेसामा लागेका युवाहरू लाखौं रकम डुबाएर पलाइन हुने गरेका छन् ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

चार वर्षअघि विदेशबाट आएर हुमाकान्त अर्यालले सुरु गरेको कालिज फर्म अहिले बन्द हुने अवस्थामा छ । उनले रेसुङ्गा नगरपालिका-१० सिमीचौरमा फर्म सञ्चालन गरेका थिए । काभ्रेपलाञ्चोकबाट चल्ला लिएर कालिज पालन सुरु गरेको तर महिनामै लाख रकम घाटा हुन थालेपछि बन्द गर्ने अवस्थामा पुगेको अर्यालले बताए । सात वर्ष कतारमा बसेर फर्किएका अर्यालले अहिले दोधारमा छन् । फर्म बन्द गर्दा लगानी डुब्ने र चलाउँदा ऋण थपिने डरले सताएको उनी बताउँछन् ।

अर्यालले ३५ लाखको लगानीमा सुरु गरेको सौगात अर्गानिक कृषि फर्म एण्ड रिसर्च सेन्टरमा अहिले १ करोड लगानी पुगेको छ । ४ रोपनी जग्गामा रहेको फर्ममा उनले कालिजसँगै केही लौकाट र टर्की चरा पाल्दै आएका छन् ।

सुरुमा ३०० कालिजका चल्लाबाट सुरु गरेको व्यवसायमा कुनै समय तीन हजारसम्मा कालिज थिए । अहिले अर्यालको फर्ममा ५० वटा भन्दा बढी कालिज छैनन् । अर्यालले फ्रान्स र डेनमार्क जातको कालिज पाल्दै आएका छन् । सरकारी तहबाट पनि सहयोग नहुँदा फर्म सञ्चालनमा अप्ठेरो भएको अर्याल बताउँछन् ।

गाई भैँसी, बंगुर, खुकुरा पालनमा सरकारले सहयोग गर्दै आएको भए पनि कालिजका लागि भने त्यस्तो कार्यक्रम नभएको भेटेनरी अस्पताल तथा विज्ञ सेवा केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डे बताउँछन् । जिल्लामा कृषकहरू लगानीअनुसार प्रतिफल नपाउँदा पलायन भएको पाण्डेले बताए । कृषकले बजारको अवस्था पनि हेरेर लगानी गर्नुपर्ने उनको भनाइ छ ।

कालिजको चल्ला राखेको ५ महिनापछि बल्ल बेच्ने हुन्छन् । कालिजप्रति केजी २ हजारमा बिक्री हुने गरेको छ। महँगो मूल्यका कारण गाउँमा यसको बजार छैन । यसले गर्दा पनि कृषक मर्कामा पर्ने गरेका छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.