गुल्मीको सेउघामा सवारी दुर्घटना हुँदा दुईजना घाइते



गुल्मी-  सोमबार बिहान गुल्मीको सदरमुकाम तम्घास नजिकै रेसुङ्गा नगरपालिका, रैदीमा सवारी दुर्घटना हुँदा दुईजना घाइते भएका छन।


Advertisement
Advertisement

पश्चिम गुल्मीको इस्माको नयाँपोखराबाट तम्घास आउदै गरेको ग २ च ९८६ नम्बरको डबल क्याप जिप र तम्घासबाट त्यस तर्फ जादै गरेको लु १ क ४८७६ नम्बरको ट्रिपर एक आपसमा ठोक्किदा चालक सहित दुई जना घाईते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी शंकर पोख्रेलका अनुसार जिप चालक ३० बर्षिय हरि कुँवर र इस्मा गाउँपालिका-१, जुकेपानीकी ५६ बर्षिया मनकला घर्ती घाईते भएका छन। गुल्मी अस्पतालमा उपचार गराई रहेका उनिहरुको अवस्था मध्यम रहेको पोख्रेलले बताए। जिपमा सवार ४/५ जना यात्रु सवार रहेका थिए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन