एमाले गुल्मीको १२ औं जिल्ला अधिवेशन आजदेखि



गुल्मी – नेकपा एमाले गुल्मीको १२ औं जिल्ला अधिवेशन आजदेखि शुरु हुने भएको छ । आज र भोलि अर्थात जेठ २९ र ३० गते दुई दिनसम्म हुन लागेको जिल्ला अधिवेशनको तयारी पुरा भएको नेकपा एमाले गुल्मीका सचिव एबं प्रचार प्रसार बिभाग प्रमुख गणेश श्रीपालीले बताए ।

जिल्ला सदरमुकाम तम्घासमा हुन लागेको अधिवेशनको लागि नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण बिष्ट, गुल्मी जिल्ला इन्चिार्ज सूर्य थापा केन्द्रिय सदस्यहरु, प्रदेशका नेताहरुको सहभागिता रहने छ । त्यस्तै अधिवेशनमा जिल्लाभरबाट करिब ७ सय प्रतिनिधी सहभागि हुने सचिव श्रीपालीले बताए ।


Advertisement

अधिवेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ । नेकपा एमाले गुल्मीमा १० हजार बढी संगठीत सदस्य रहेको पार्टीले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.