एमाले गुल्मीको १२ औं जिल्ला अधिबेशन सुरु



गुल्मी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले गुल्मीको १२ औं जिल्ला अधिबेशन मंगलबारदेखि सुरु भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा आयोजित अबिधेशनको एमाले पार्टी उपमहासचिव प्रदीप कुमार ज्ञवालीले एक समारोहका बीच समुद्धघाटन गरेका हुन् ।

१२ औं अबिधेशनका लागि जिल्लाका ९३ वटाबाट प्रतिनिधि छनोट भएर तम्घासमा आएका छन् । जेठ २९ र ३० गते दुई दिनसम्म अबिधेशन एमाले गुल्मीले जनाएको छ । अधिवेशनमा नेकपा एमाले सचिव तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्णराज बिष्ट गृह जिल्ला आएका छन् । त्यस्तै एमाले पार्टी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्या अर्याल,पोलिट व्युरो सदस्य तथा गुल्मी इन्चिार्ज सूर्य थापा र लुम्बिी प्रदेश राधाकृष्ण कडेल सहित केन्द्रिय सदस्यहरु, प्रदेशका नेताहरु कार्यक्रम सहभागि छन् ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

त्यस्तै अधिवेशनमा जिल्लाभरबाट करिब ७ सय प्रतिनिधी सहभागि हुने सचिव श्रीपालीले बताए ।अधिवेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ ।
जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ । नेकपा एमाले गुल्मीमा १० हजार बढी संगठीत सदस्य रहेको पार्टीले जनाएको छ ।अधिबेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले यतिबेला गुल्मीको राजनितिक माहोल तातेको छ । यस पटकको अधिबेशनलाई केन्द्रदेखि गाउँ तहमा फरक र महत्वका साथ
हेरिएको छ ।

जिल्ला अध्यक्षमा निबर्तमान अध्यक्ष बालसिंह काउछा र लुम्बिनी प्रदेश सदस्य हिरा अर्याल क्षत्री आकांक्षी देखिएका छन् । नयाँ र युवा नेतृत्वले पार्टी र जिल्ला हाक्न सक्ने कतिपय नेता बताउँछन् ।
अधिवेशनका लागि प्रमुख अतिथि पुर्व प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम रहेको थियो । तर, अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या देखिएकाले उनी जिल्लाको १२ औं अधिबेशनमा सहभागी हुन नसकेको गुल्मी एमालेले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.