एमाले गुल्मीको पदाधिकारीमा काउछाको प्यानल विजयी



गुल्मी –  नेकपा एमाले गुल्मी जिल्ला कमिटीको अध्यक्षमा बालसिंह काउछा विजयी भएका छन् । अध्यक्षका पदका प्रतिस्पर्धी उम्मेदवार हिरा एसीलाई काउछाले १८४ मतले पराजित गरेका हुन् । काउछाले कुल ५९५ खसेका मतमा ३८४  मत प्राप्त गरेका छन् भने एसीले २०२ मत पाएका छन् । निर्वाचित काउछा गुल्मी एमालेका निवर्तमान अध्यक्ष समेत हुन् ।

नेकपा एमाले पार्टी केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली र पोलिटब्युरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सुर्य थापाको निर्वाचित अध्यक्ष काउछालाई समर्थन थियो । पदाधिकारीमा पनि काउछा प्यानलकै उम्मेदवार विजयी भएको प्रमुख निर्वाचन अधिकृत गोपाल खनालले जानकारी दिए । उपाध्यक्षमा जीवन खरेल ३४८ , सचिव धर्म विश्वकर्मा ३७१, उपसचिवमा चक्रबन्दु भुसाल ३४८ प्राप्त गरेर निर्वाचित भएका थिए । उपसचिव (महिला) लक्ष्मीदेवि पन्थ सर्वसम्मत  निर्वाचित भएकी हुन् ।


Advertisement

निकटतम प्रतिद्वन्द्वीहरू उपाध्यक्षमा गणेश श्रीपाली १५५, सचिव पदमप्रसाद अर्याल १९०, उपसचिवमा ओम बहादुर कार्कीले २१६ मत प्राप्त गरेका छन् । निर्वाचित उपाध्यक्ष खरेल मुसिकोट नगरपालिकाका नगरप्रमुख समेत हुन् ।

नेकपा एमाले गुल्मीको १२ औं जिल्ला अधिबेशन जेठ २९ गतेदेखि गुल्मीको सदरमुकाम तम्घासमा सुरु भएको थियो । नेतृत्व चयनमा पदाधिकारीका आकांक्षीले आफ्नो अडान नछोडेपछी निर्वाचन हुन पुगेको एमाले गुल्मीले जनाएको छ ।

यस अधिवेशनमा नेतृत्व चयनका लागि दुई पक्षका उम्मेदवार निर्वाचनमा होमिएका थिए। अध्यक्ष एसीकाे प्यानललाई नेकपा एमाले पार्टी केन्द्रिय सचिव गोकर्णराज बिष्टको समर्थन रहेको थियो ।
१२ औं अधिवेशनका लागि जिल्लाका ९३ वटा वडातहबाट प्रतिनिधि छनोट भएर तम्घासमा आएका थिए। त्यस्तै अधिवेशनमा जिल्लाभरबाट करिब ७ सय प्रतिनिधि रहेपनि कार्यक्रममा ६१३ जना प्रतिनिधि सहभागी भएका थिए। अधिबेशनको समय लम्बिएकाले केही प्रतिनिधि घर फर्किएका थिए।

त्यस्तै सदस्यहरु केही सर्वसम्मत निर्वाचित भएका छन् भने कतिको मतदान भएको थियो । अहिले सदस्यको सदस्यको मतगणना चलिरहेको छ । मतगणना आज दिउँसो ११ बजेसम्म सकिने आकलन प्रमुख निर्वाचन अधिकृत खनालले जानकारी दिए ।
यसअघिको अधिवेशनमा सर्वसम्मतबाट जिल्ला नेतृत्व चयन गरिएको भएपनि यसपटक भने पदाधिकारी चयनमा सहमती जुट्न नसकेपछि  मतदान नै भएको हो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.