गुल्मीको मालिकाले ब्रिकेट कोइला उत्पादन गर्ने



गुल्मी – गुल्मीको मालिका गाउँपालिकाले वनमारा झारबाट
ब्रिकेट कोइला उत्पादन गर्ने नीति ल्याएको छ ।आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष देविराम अर्यालले गाउँबस्तीमा पर्याप्त वनमारा झार पाइने तर यो प्रयोगविहिन र जग्गालाई रुखो बनाउने भएकाले यसबाट कोइला उत्पादनको नीति ल्याएको बताएका हुन् ।

बिहिवार १६ औं गाउँसभामा गाउँपालिका अध्यक्ष अर्यालले १९४ बुँदामा प्रस्तुत गरेको आगामी बर्षको नीति तथा कार्यक्रममा कृषि, पर्यटन,रोजगारी र शिक्षालाई प्राथमिकता दिइएको छ ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

गाउँपालिकाले कृषितर्फ “एक वडा, दुई उत्पादन”को नितिलाई अगाडि सारेको छ । एक वडा दुई उत्पादन कार्यक्रम अन्तर्गत वडा नम्बर १ नेटामा बंगुर र मौरी पालन, २ दर्लिङ्गमा बाख्रा पालन र आलु उत्पादन , ३ ह्वाङ्ग्दीमा बाख्रा र उखु , ४ अर्खाबाङ्गमा आलु र मकै उत्पादनमा जोड दिइएको छ । त्यस्तै वडा नम्बर ५ छापहिलेमा बाख्रा र हलुवावेद उत्पादन , ६ अर्जैमा मौरी र धान उत्पादन ,  ७ घमिरमा केरा र कफी उत्पादन र ८ मर्भुङ्गमा बेसार र कफी उत्पादन लाई व्यवसायिक रुपमा संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउँपालिकाले बढ्दो बसाइँसराइका कारण बाझिएका जमिनमा कृषि खेती प्रवर्द्धन गर्न युवा लक्षित सहकारी तथा सामुदायिक खेती प्रणालीलाई प्रोत्साहन गर्ने नीति ल्याएको छ । गाउँपालिकालाई अर्गानिक पालिकाको रुपमा स्थापित गर्नको लागि सबै ८ वटामा भर्मकम्पोष्ट र झोलमोल बनाउने योजना बनाएको छ । तरकारीमा पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यका अनुरुप एक घर एक करेशाबारी कार्यक्रम संचालन गरिने पालिका अध्यक्ष अर्यालले बताए ।

पुष्पजन्य व्यवसायलाई प्रवर्द्धन गर्दै गाउँपालिका भित्र संचालन हुने सम्पूर्ण सार्वजनिक कार्यक्रमहरुमा फूलहरुको प्रयोग र व्यवसायिक उत्पादन बढाउन ूएक घर एक बगैचा कार्यक्रमू संचालन गरिने भएको छ । उत्पादनमा आधारित अनुदान कार्यक्रममा निरन्तरता दिदै कृषकलाई आवश्यक मागमा आधारित तालिम संचालन अध्यक्ष अर्यालले बताए ।

पशु तथा बाली स्वास्थ्यलाई ध्यानमा राखी सम्पुर्ण वडामा  पशु स्वास्थ्य शिविर तथा बालि शंरक्षण शिविर कार्यक्रम संचालन गर्ने र जंगली बन्यजन्तुले पुर्याएको क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायसँग समन्वयमा बाली संरक्षणको लागि आवश्यक व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। कृषि र पशुपंक्षि क्षेत्रमा उत्पादन वा प्रविधि हस्तान्तरणमा उदाहरणीय योगदान पुर्याउने कृषकलाई सम्मान तथा गाई गोरुपालन गर्ने कृषकलाई प्रोत्साहन गरिने नीति ल्याइएको छ ।

गाउँपालिका अध्यक्ष अर्यालले बढ्दो वैदेशिक रोजगारलाई रोक्नको युवालाई इलेक्ट्रीसियन,हेयर कटिङ्ग,ड्राइभिङ्ग,पलम्बिङ्ग,सिलाइकटाइ,बुटिक,सेनिटरी प्याड निर्माण,पेन्टिङ्ग जस्ता सीपमूलक तालिम संचालन गरिने बताए ।युवालाइ राष्ट्र निर्माणको अभियानमा सकृय बनाउन निर्माणमा युवा परिचालन कार्यक्रम  संचालन गरिने भएको छ । श्रमिकको अधिकारको सम्मान तथा रोजगारीका क्षेत्रमा देखिएका समस्या,रोजगारीका सम्भावना तथा नागरिकलाइ रोजगारीमा आकर्षित गर्न रोजगार संवाद मन्चूको कार्यक्रम संचालन गरिने अध्यक्ष अर्यालले नीति तथा कार्यक्रममा प्रस्तुत गरेका छन् ।

मालिका गाउँपालिकाले स्वास्थ्य तर्फ शहीद, बेपत्ता परिवार, द्धन्द्ध पीडित, गरिब, दलित ,अपाङ्गता भएका तथा उत्पीडित समुदायका व्यक्तिहरुलाई सर्वसुलभ र पहुँचयोग्य बनाउन स्वास्थ्य विमा कार्यक्रम मा गाउँपालिकाको सहभागिता बढाउने नीति ल्याएको छ ।गुणस्तरीय स्वास्थ्य सेवा कम मूल्यमाू अवधारणा अबलम्बन गर्दै स्वास्थ्कर्मिहरुको ज्ञान,सीप र क्षमता विकास गरी दक्ष स्वास्थ्यकर्मी निर्माण गर्ने कार्यलाई प्राथमिकता दिइने अध्यक्ष अर्यालले बताए ।

खाद्य सुरक्षा सँगै महिला,बालबालिका तथा किशोर किशोरीको  पोषणको अवस्थामा सुधार गरी आगामी वर्ष पोषणमैत्री गाउँपालिका घोषणा गरिनेछ।त्यस्तै गाउँपालिकाले शिक्षा तर्फ हाम्रो स्कुल बनाउँ राम्रो स्कुलू अभियान अन्तरगत सामुदायिक विद्यालयहरुमा स्थानीय तहबाट विषयगत दक्ष शिक्षक दरबन्दीको व्यवस्था मिलाइनेछ। आगामी तीन बर्ष शिक्षाको गुणस्तरमा वृद्धि गर्न  शैक्षिक अवस्था सुदृढीकरण अभियानको रुपमा कार्यान्वयन गर्ने नीति ल्याएको छ ।

विपन्न,अशक्त परिवार तथा फरक क्षमताका बालबालिकाहरुलाइ सिकाइमा सहजीकरण गर्नूमालिका गाउँपालिका सबैको आस्था,सुधारिदिन्छ सबैको अवस्थाू भन्ने कार्यक्रम संचालन गरी सोको लागि आवश्यक छात्रावृत्तिको व्यवस्था गरिने भएको छ ।विद्यार्थीहरुलाइ उद्यमशीलता,स्वरोजगारी र स्वावलम्बी भाव सिर्जना गर्न ूपढ्दै कमाउदै तथा सिक्दै कमाउदै कार्यक्रमू हरु संचालन गरी विद्यालयमै करेशाबारी निर्माण गर्ने,मौरी पालन गर्ने जस्ता नमूना कार्यक्रमहरु संचालन गरिनेछ।साथै विद्यार्थीमा अन्तरनिहित विशिष्ट प्रतिभाको पहिचान प्रफुस्टन गराउने उद्देश्यका साथ फाइडे फर फ्यूचर सन्चालन भएको छ ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका निमित्त विद्यालय व्यवस्थापन समिति,अभिभावक संघ तथा समग्र अभिभावकहरुको क्षमता विकास गर्न अभिभावक शिक्षा कार्यक्रमूू,विद्यालय र विद्यार्थी प्रोत्साहन कार्यक्रमू, शैक्षिक जागरण अभियान कार्यक्रमू  संचालन गरिनेछ।

शैक्षिक अन्तरकृयालाइ व्यवस्थित गर्न शैक्षिक सम्मेलन आयोजना गर्ने नीति ल्याएको छ ।आधारभूत र प्राथमिक तहका विद्यालयको लागि क्रमागत रुपमा एक विद्यालय एक कम्प्यूटर प्रिन्टरको व्यवस्था गर्ने र एकै स्थानमा पाँच वर्ष काम गरेको शिक्षकलाइ जेष्ठता र अनुकूलनका आधारमा आन्तरिक सरुवा गर्ने नीति समेत लिइनेछ।पर्यटन क्षेत्रको विकास र प्रचारप्रसार गर्न “घुमौ मालिका, चिनौं मालिका” अभियान सन्चालन गर्ने भएको छ । त्यस्तै मालिका गाउँपालिकाले जेष्ठ नागरिकको ज्ञान सीप र अनुभवलाई समृद्वको लागि जेष्ठ नागरिक पुनमिर्लन कार्यक्रमको नीति ल्याएको छ ।

बालअधिकारको सुनिश्चतताको लागि बालमैत्री स्थानीय शासन विकास र प्रवर्द्धन गर्न आवश्यक प्रोत्साहनमूलक कार्यक्रम संचालन गरी आगामी ३ वर्ष भित्रमा बालमैत्री स्थानीय तह घोषणा गरिने लक्ष्यको नीति गाउँपालिकाले लिएको छ ।मालिका गाउँपालिका वडा नम्बर  १,२ र ३ का नागरिकहरुलाई  स्वास्थ्य पहुँचको विस्तार गर्न दर्लिङ्ग स्वास्थ्य चौकीमा अत्याधुनिक उपकरण सहितको ल्याब आगामी वर्षदेखि संचालनमा ल्याइने पालिका अध्यक्ष अर्यालले बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.