गुल्मीमा छल्दी खोलाले बगाउँदा एक पुरुषको मृत्यु



गुल्मी  – गुल्मीमा छल्दी खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ ।जिल्लाको रेसुङ्गा नगरपालिका -१४ पराल्मीका ६८ वर्षीय खुमबहादुर सामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


Advertisement

मृतक सामत शुक्रबार भेटघाटको लागि मुसिकोट नगरपालिका १ अरेवा ससुराली गएका थिए । त्यसदिन राती जिल्लाका विभिन्न भागमा पानी गरेको थियो । पानीले खोला बढेका मात्रै थिएनन् कतिपय ठाँउमा पहिरो खसेर सडक अबरुद्ध समेत पारेको थियो ।

शनिबार दिउँसो करिब २ः३० बजेको समयमा घर फर्कने बेला छल्दी खोला तर्ने क्रममा समातको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

खोलामा शव देखेपछि माछा मार्न पुगेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सामतलाई खोलाले बगाएर करिब ५०० मिटर तल पुर्याएको थियो । प्रहरी खबर पाएलगत्तै घटनास्थलमा पुगेर मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.