चन्द्रकोट गाउँपालिकाको ५० करोड बढी वार्षिक बजेट



महेश बोहरा / गुल्मी – गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागी कुल ५० करोड ३४ लाख १० हजार ३ सय ४२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चन्द्रकोट गाउँपालिका १५ औ गाउँसभामा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले चालु खर्च तर्फ ३१ करोड ४१ लाख ७८ हजार ३ सय ९४ (६२.४१ प्रतिशत) यस्तै पुँजीगत तर्फ १८ करोड ९२ लाख ३१ हजार ९ सय ४७ (३७.५९ प्रतिशत) बजेट सभामा पेश गरेका थिए ।

गाउँपालिकाले पर्यटन, कृषि, रोजगार, शिक्षा,स्वास्थ्य, स्थानिय उत्पादन प्रवद्र्धनमा बिशेष जोड दिएको छ । आफ्नै उत्पादन खाउँ, चन्द्रकोट मै रमाउँ भन्ने नाराका साथ उत्पादनमा जोड दिने अनुदानका कार्यक्रमहरु ल्याएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिए । विकटलाई निकट बनाउने अभियान अन्र्तगत पूर्वाधारका कार्यक्रमहरु, उज्यालो पालिका बनाउने अभियानमा सडक बत्ती जडान गर्ने जस्ता कार्यक्रमहरु यसपालिको बजेटमा प्राथमिकतामा परेको गाउँपालिका अध्यक्ष केसीले जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.