गुल्मीमा जीप र मोटरसाइकल ठोकिँदा चालक घाइते



गुल्मी – गुल्मीमा जीप र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल ठोक्किएर मोटरसाइकल चालक घाइते भएका छन् । जिल्लाको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास९छल्दी सडकखण्डको रायढुङ्गामा तम्घासतर्फ आउँदै गरेको लु १ च ७३२७ नम्बरको डबलक्याप जीप र विपरीत दिशाबाट गइरहेको लु १३ प ७९५० नम्बरको जीप एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

उनका अनुसार, मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका वडा नम्बर ८ छापटोलाका ४३ वर्षीय देब बहादुर बि।क। घाइते भएका हुन् । उनको निधारमा चोट, बायाँ खुट्टा र छातीमा दुखाइ रहेकोमा गुल्मी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रेफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.