गुल्मीमा निस्ती खोलाले बगाएर एक युवा बेपत्ता



सांकेतिक तस्बिर

गुल्मी – गुल्मीमा निस्ती खोलाले बगाएर एक युवा बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका – २ का ३१ वर्षका बोमबहादुर कार्की बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शनिबार दिनभर खेतको काम सकेर बेलुका घर फर्कने क्रममा कार्कीलाई निस्ती खोलाले बगाएको आफन्तले बताएका छन् । निस्ती खोलामा पानीको बहाव बढेकाले उनलाई बगाएर बेपत्ता पारेको बताइएको छ ।


Advertisement

कार्की मुसिकोट नगरपालिका -१ अरेवाका स्थायी बासिन्दा हुन् । तर उनी बिगत केही समयदेखि सोही नगरपालिकाको -२ निस्ती स्थित मामाघरमा बस्दै आएका थिए । बेपत्ता भएका कार्की ´ख`वर्गका अपाङ्गता रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए । उनी अविवाहित हुन् ।

कार्की शनिबार बेलुका बेपत्ता भएपनि आफन्तले  आइतबार बिहान प्रहरीलाई  खबर गरेका थिए । खबर प्राप्त भएलगत्तै उनको प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.