घर लिप्ने क्रममा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु



गुल्मी – गुल्मीमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। जिल्लाको मालिका गाउँपालिका -२ दर्लिङ्ग अडारे निवासी २७ वर्षीया माया रोका मगरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले जानकारी दिए । सोमबार दिउँसो ३ बजेतिर आफ्नै घर लिप्ने क्रममा करेन्ट लागेर रोका घाइते भएकी थिइन् ।


Advertisement
Advertisement
Advertisement

घाइते भएकी रोका मगरलाई उपचारको लागि  सोमबार साँझ  जिल्लाको सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा ल्याइएको थियो । तर, उनलाई उपचारको क्रममा राती  अस्पतालले मृत घोषणा गरेको थियो । मगर आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी थिईन । मुसाले काटेर नाङगो बनाएको बिजुलीको तारमा अचानक छुन गई करेन्ट लागेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.