गुल्मीमा यात्रु सहायता कक्ष स्थापना



Advertisement
विज्ञापन

गुल्मी –  नेपालीका महान पर्व वडादशैं तिहार लगायतका पर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गर्न सुरु गरिएको छ । बुधबार एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्ला प्रवेश गर्ने सबैभन्दा ठूलो सिमाना रिडीमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।


Advertisement
Advertisement
Advertisement

वडादशैं,तिहार र छठ लागायतका पर्वलाई मध्यनजर राखेर गुल्मी र पाल्पाको सिमाना रिडीमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दशैं लगायतका पर्वमा गाउँघर फर्कने यात्रुलाई सहजता र चाडबाडमा हुने जोखिमलाई न्यूनिकरण गर्न गुल्मीका विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिने प्रहरीले जनाएको छ ।
चाडपर्वको समयमा मुख्य नाकामा मानिस र सवारीहरुको बढी आवतजावत हुँदा चाप बढदै जाने भएकाले सिमा क्षेत्र, बसपार्क, बजार क्षेत्रका टिकट काउन्टरहरुमा नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी)शंकर पोखरेलले जानकारी दिए । प्रहरी उपरीक्षक पोखरेलले भिडभाड हुने, बढी भाडा लिने, यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र नागरिकहरुको समस्या तत्काल सुनुवाई गर्न यात्रु सहायता कक्षले थप मदत पुग्ने बताए ।

‘यो समयमा बैदेशिक रोजगारीको लागि विभिन्न मुलुक पुगेका र तराई क्षेत्रमा बसोबास गर्दै आएका नागरिक दशैं लगायतका पर्व मनाउन गाउँघर आउने गर्दछन्,‘उनले भने’‘बसपार्क र सिमामा यात्रु र सवारीको चाप बढ्ने हुदाँ चहलपहल हुने जिल्लाका प्राय ठाउँमा सहायता कक्ष स्थापना गर्न लागेका छौं,जसले नागरिकको सुरक्षा र सवारी दुर्घटनाको जोखिम न्यूनिकरण गर्न थप टेवा पुग्ने छ ।’ चाडपर्वको समयमा गाउँघर फर्किने यात्रुहरुलाई बिना झंझट सहज तरिकाले यात्राको सुबिधालाई सहजता र नागरिकका समस्या समाधानको लागि सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

सिमा क्षेत्र तथा भीडमाड हुने स्थानमा दशै र तिहारका बेला यात्रु ठगिने, लुटिने र दुर्घटनामा समेत वृद्धि हुने सम्भावना हुँदा सबै सजग भएर यात्रा गर्न प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह
गरेका छन् । बिहिबार जिल्लाको सदरमुकाम तम्घास बसपार्क र केहीदिनमै चहलपहल हुने विभिन्न स्थानमा पनि यात्रु सहायता
कक्ष स्थापना गरिने प्रहरीले जनाएको छ ।

नागरिक सहायता कक्ष सञ्चालन सँगै नागरिक मैत्री वातावरण र सचेतनाका कार्यक्रम अन्तर्गत दुर्घटना न्युनिकरणका लागी पर्चा, पम्पलेट वितरण गरिएको ट्राफिक प्रहरी गरिएको छ । हाल सञ्चालनमा ल्याइएको नागरिक सहायता कक्ष दशै र तिहार र छठको अवधि भर यथावत रहने छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन

गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन