भाडादर नियन्त्रण गर्न युवा संघ गुल्मीको माग



गुल्मी – राष्ट्रिय युवा संघ नेपाल गुल्मीले सार्वजनिक यातायातका साधनहरुमा अस्वभाविक रुपमा वृद्धि भएको भाडा दर नियन्त्रण गर्न माग गरेको छ । 

शुक्रबार गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा मार्फत लुम्बिनी प्रदेश सरकार, मुख्य मन्त्रीको कार्यालय नेपाल सरकार मन्त्री परिषद् तथा प्रधानमन्त्रीको कार्यालयलाई ध्यानाकर्षण गराएका हुन ।


Advertisement

राष्ट्रिय युवा संघ नेपाल गुल्मी, अनेम संघ र अनेरास्ववियु गुल्मीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउदै अस्वभाविक रुपमा वृद्धि भएको भाडादर नियन्त्रण माग गरेका छन् । राजधानीबाट गुल्मी लगाएत नेपालका विभिन्न ठाँउमा आफ्नो घरदैलोमा आवत–जावत गर्ने यात्रुहरुको तिव्रता बढेको छ । यहि मौका छोपेर  गरिने भाडा वृद्धिदर प्रति प्रशासन चनासो बन्नु आग्रह गरेका छन् । नेपालीहरुको महान चाडहरु बडादशैं, दिपावली, छटपर्व र नेपाल संवत् भित्रीरहेको समयमा  बजारमा देखिने खाध्य पदार्थमा कालाबजारी, अवैध ओसार पसार महंगी र कृतिम अभाव सृजना गरी उपभोक्ता ठग्ने प्रवृति देखिएकोले प्रति गंभीर ध्यान आर्कषण भएको राष्ट्रिय युवा संघ नेपाल गुल्मीका अध्यक्ष कृष्ण आचार्यले बताए ।

चोरी, डकैती लुटपाटका घटना समेत घटने भएकोले सबै सरोकारवाल पक्षसंग गंभीर हुन माग गरेको छ । समयमै पालिका वडा तहका बाटाहरु सहज आवागमनको वातावरण तयारी गर्न आग्रह गरेकोे छ । आई पर्ने विपदको सामना गर्न तैयारी रहने गरी र कालबजार नियन्त्रण गरि चाडपर्वको उल्लासपूर्ण माहोल सुजना गर्ने गंभीर ध्यान आर्कषण गराएको राष्ट्रिय अध्यक्ष आचार्यले बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.