घाँस काट्ने क्रममा लडेर गुल्मीमा एक जनाको मृत्यु
गुल्मी – घाँस काट्ने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका – १ निवासी १९ वार्षिय सुजता बिक लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गाउँकै ढार खोला सामुदायिक वनमा घाँस काट्ने क्रममा लडेर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले जानकारी दिए । बिक भिरबाट करिब ९० मिटर तल खसेकी थिइन । मृतक विकको घर धुर्कोट गाउँपालिका -६ किमुखर्क रहेको बताइएको छ । उनि दशैंदेखि माइती घरमा बस्दै आएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक भुपेन्द्र थापाको कमाण्डमा प्रहरी टोली खटिएको डिएसपी पोखरेलले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।