काठमाडौंमा भूकम्पको झड्का
काठमाडौं – काठमाडौंमा भूकम्पको झड्का लागेको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा काठमाडौंमा भूकम्पको महसुस भएको हो ।
भूकम्पको धक्काले काठमाडौं निवासी सडकमा निस्किएका छन् भने चराहरू उडेका छन् ।
कोशी प्रदेशको राजधानी विराटनगरलगायत पूर्वी क्षेत्रमा भूकम्पको बढी महसुस भएको बताइएको छ ।
साथै धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक मकवानपुर, बारालगायत जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।
चीनको तिब्बत केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।