गुल्मी र प्युठानको सिमानामा जीप दुर्घटना,१२ जना घाइते



गुल्मी –  गुल्मी र प्युठान जिल्लाको सिमाना अग्लुङ्ग फेदीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मालिका गाउँपालिका -८  सिमलटारी देखि प्युठान गौमुखी तर्फ जाँदै गरेको ग १ ज ४५३३ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइते हुनेमा मालिका गाउँपालिका -८ का पबित्रा जिसी,सुशील खत्री,भरत सुनार, फज बहादुर खत्री,माया पाठक,कमला खत्री,पवित्रा खत्री, मुसि खत्री, सुगम बोहरा, ज्ञानी खत्री र मालिका गाउँपालिका -५ का बिप्सन जिसी घाइते भएका छन् । चालक कृष्ण बहादुर खत्रीको बायाँ कुममा चोट लागेको प्रहरीले जनाएको छ ।
जीपमा सवार सबै यात्रु घाइते भएका हुन् । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेलाई थप उपचारका लागि पुर्कोटदह स्वास्थ्य संस्थामा लागि ल्याउने कार्य भइरहेको छ । घाइते भएका पाँच जनालाई मदाने गाउँपालिका – १ अग्लुङ्गको एम्बुलेन्स मार्फत गुल्मी अस्पताल पठाइएको वडाध्यक्ष सुशील चन्दले जानकारी दिए ।
उनीहरु भोलि अर्थात् माघे सक्रान्तीका दिन धार्मिक स्थल गौमुखीमा दर्शन र मेला अवलोकनका लागि जादैं गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले बताए । प्युठान लगायत आसपासका जिल्लाबाट माघे सक्रान्तीमा दर्शनका लागि हजारौं श्रदालु गौमुखी पुग्ने गर्दछ्न । सवारी चालकको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । जीप सडकदेखि १०/१५  मिटर तल खसेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.