गुल्मीको मदानेमा भिरबाट लडेर महिलाको मृत्यु



सांकेतिक तस्बिर

गुल्मी  –  गुल्मीको मदाने गाउँपालिकाकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ। गुल्मीको मदाने गाउँपालिका-६, पुर्कोटदहको पनाहा बस्ने अन्दाजी ६० बर्ष उमेरकी हुमी सार्कीको लडेर मृत्यु भएको हो।

पुर्कोटदह बजार देखि घर तर्फ फर्कने क्रममा मदाने गाउँपालिका-६ स्थित सल्लेपाटा बाटोबाट करिब एक किलो मिटर दुरीको भिरबाट लडेर ती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए।

इलाका प्रहरी कार्यालय पुर्कोटदह संग बुझ्दा दिउँसो करिब साढे ११ बजेतिर जानकारी आई घटनास्थलमा पुगिएको बताईएको छ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.