गुल्मीमा गुडिरहेको बसबाट खसेर महिलाको मृत्यु



गुल्मी –  गुल्मीमा गुडिरहेको बसबाट खसेर एक महिलाको मृत्यु भएको छ। मदन भण्डारी राजमार्गअन्तर्गतको तम्घास सिमलटारी सडकखण्डको धनार्जीमा बसबाट खसेर इस्मा गाउँपालिका-५ रातामाटाकी शान्ति कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।

बुटवलदेखि अर्खावाङ्ग जाँदै गरेको लु१ख ५७३६ नम्बरको बसबाट खसेर घाइते भएकी ३९ वर्षीय कुमाललाई अस्पतालले मृत घोषणा गरेको हो।


Advertisement

मंगलबार दिउँसो २ बजे धुर्कोट गाउँपालिका-५ धनार्जी उक्त घटना भएको थियो। प्रहरी उपरीक्षक दाहालका अनुसार कुमाल बसबाट ओर्ली भाडाको विषयमा विवाद भएको थियो। महिला गुडिरहेको बसको ढोकामा झुण्डिन खोज्दा खसेर घाइते भएकी थिइन्। बसबाट खसेर घाइते भएकी कुमाललाई उपचारको लागि सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा ल्याएको थियो।

अस्पातलले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। अहिले बस र चालकलाई नियन्त्रणमा लिई घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.