गुल्मीको मालिकामा एक जना महिला मृत फेला



गुल्मी  –  गुल्मीमा एक जना महिला मृत फेला परेकी छन् । जिल्लाको मालिका गाउँपालिका -४ स्थित पर्यटकीय क्षेत्र मालिका पिस पार्क पश्चिम गेटमा गीता अर्याल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

दाहालका अनुसार ४० बर्षीय अर्याल  मालिका गाउँपालिका –८ डक्सुमारे की हुन् ।उनी विगत सात बर्षदेखि माइतिघरमा बस्दै आएकी थिइन् । शनिबार बिहान पार्कमा सरसफाइको काम गर्ने निमलाल अर्याललले अचेत अवस्थामा फेला परेको भनेर प्रहरीलाई जानकारी गराएका थिए ।


Advertisement

महिलाले अत्याधिक मापसे गरी हिड्ने गरेको स्थानीय मार्फत बुझिएको प्रहरीले जनाएको छ । घटनाबा बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.