गुल्मीको मुसिकोटमा ४८ वर्षीय पुरुष मृत फेला



गुल्मी  – गुल्मीमा सोमबार दिउँसो एक पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका – ३ धरमपानी निवासी तुल बहादुर कार्की मृत फेला परेका हुन् ।


Advertisement

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक(डिएसपी) चिरञ्जीवी दाहालका अनुसार मृत भेटिएका ४८ वर्षीय कार्की माघ २६ गते बिहान कसैलाई जानकारी नगराई  घरबाट हिडेका थिए ।

दुई दिनदेखि सम्पर्क विहिन भएका कार्कीको घरपरिवार, आफन्त र छिमेकीले खोजतलास गरेपनि उनी भेटिएका थिएनन् । माघ २८ गते दिउँसो १ बजेतिर मृतकको भतिज नाता पर्ने राजु कार्कीले अस्थायी प्रहरी पोस्ट ठुलापोखरालाई जानकारी गराएका थिए ।

 मौखिक जानकारी प्राप्त भएलगत्तै वामीटक्सार प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक प्रकाश शाहीको कमान्डमा पाँच जनाको टोली सहित  स्थानीय घटना स्थलमा पुगेको थियो ।उनको सोमबार दिउँसो धरमपानि स्थित खोल्सामा मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक ( डिएसपी) दाहालले जानकारी दिए।
 मृतक कार्कीको घर परिवारमा श्रीमती र २ छोरा रहेको भन्ने बुझीएको छ । घटनाबारे थप अनुसन्धानका प्रहरी नायब उपरीक्षक दाहालको कमाण्डमा प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.