गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु



सांकेतिक तस्बिर

गुल्मी – आगो ताप्ने क्रममा जलेर गुल्मीमा ८० वर्षीय वृद्धको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका – ७ वाग्ला निवासी  इन्द्रलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले जानकारी दिए।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरी नायब उपरीक्षक दाहालका अनुसार गिरी सोमबार राती साढे ९ बजे आफ्नै घरमा आगो ताप्ने क्रममा आगोले जलेका थिए । आगोले जली दाजुको मृत्यु भएको खबर भाई टेकराज गिरीले प्रहरीलाई खबर गराएका थिए ।

घटनाको खबर प्राप्त भएलगत्तै प्रहरी सहायक निरीक्षक तिलक नेपालीको कमाण्डमा ३ जनाको टोली घटनास्थल पुगेको थियो । मृतक गिरीको घर परिवारमा उनी र भाई मात्र रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रामकुमार थापाको कमान्डमा प्रहरी खटिएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.