गुल्मीमा जेसिबीले पल्टाएको ढुंगाले लाग्दा बालिकाको मृत्यु



गुल्मी – गुल्मीमा जेसीबीले पल्टाएको ढुंगाले लागेर आठ वर्षीय बालिकाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–२ छल्दीटार निवासी बिष्णु कुमालको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले जानकारी दिए ।

आइतबार बिहान विद्यालय हिडेकी कुमाललाई श्रेष्ठ कन्ट्रक्सन प्रालिको लु १ क ४३८६ नम्बर जेसिबीले पल्टाएको ढुंगाले लागेको थियो । छल्दीबाट हस्तीचौर जाने भित्री कच्ची सडक खन्ने क्रममा  ढुंगाले लागेर बालिका गम्भीर घाइते भएकी थिइन् ।  उनको समयमै उद्धार समेत हुन नसकेको स्थानीयले बताए । गम्भीर घाइते भएकी बालिकाको गुल्मी अस्पतालमा उपचार गर्न ल्याइएको थियो । तर,डाक्टरले बालिकालाई मृत घोषणा गरेका थिए ।


Advertisement

निर्माण व्यवसायीको चरम लापरवाहीका कारणले बालिकाको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । त्यस सडकमा  विगत ३ वर्षदेखि सडक निर्माण तथा स्तरउन्नतिको काम हुँदै आएको छ । सडकमा निर्माणको काम पनि अत्यन्तै सुस्त गतिमा भएको पाइएको छ ।

श्रेष्ठ कन्ट्रक्सनले सडक बिस्तार गर्दा तल कुनै जानकारी नदिइ मनलाग्दी समयमा ढुंगा फाल्ने गरेकाले पनि बालिकाको ज्यान गएको स्थानीयले बताएका छन् ।

जेसिबी चालक मकवानपुर इन्द्रचौर गाउँपालिका– ४ सिस्नेरीका ३६ वर्षीय राजेश रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालिकाले घर नजिकै को  पालुखा माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएकी छिन् । अहिले बालिकाको शव गुल्मी अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.