सुनको मूल्य एकैदिन ३ हजारले बढ्यो
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज ३ हजार रुपैयाँले बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार ३ हजार रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३८ हजार पुगेको हो।अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य ४२ सय रुपैयाँले घटेको थियो। सो दिन प्रतितोला सुन २ लाख ३५ हजारमा कारोबार भएको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि आकासिएको छ। आज चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला चाँदीको मूल्य ३ हजार १२५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो शुक्रबार प्रतितोला चाँदी ३ हजार ८५ रुपैयाँमा खरिदिबिक्री भएको थियो।


























