गुल्मीका रामु भण्डारीको अन्तर्राष्ट्रिय कीर्तिमान



गुल्मी – गुल्मी रुपकोटका युवा विद्यार्थी रामु भण्डारी ले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गर्दै देशको नाम उज्यालो बनाएका छन्। निरन्तर मेहनत, अनुशासन र पूर्ण आत्मअध्ययनका माध्यमबाट उनले एकपछि अर्को ऐतिहासिक उपलब्धि प्राप्त गरेका हुन्।

वि.सं. २०८० चैत (सन् २०२४ मार्च) मा आयोजित परीक्षामा उनले वित्तीय व्यवस्थापन विषयमा नेपाल प्रथम तथा विश्व छैटौं स्थान हासिल गरे। त्यसैगरी वि.सं. २०८१ असार (सन् २०२४ जुन) मा लेखा परीक्षण तथा प्रत्याभूति विषयमा पनि नेपाल प्रथम स्थान सुरक्षित गर्न सफल भए।


Advertisement
Advertisement

उनको सफलता यहीँ सीमित रहेन। वि.सं. २०८१ चैत (सन् २०२५ मार्च) मा उनले उच्चस्तरीय लेखा परीक्षण तथा प्रत्याभूति विषयमा पुनः नेपाल प्रथम स्थान हासिल गरे। साथै वि.सं. २०८२ असार (सन् २०२५ जुन) मा उच्चस्तरीय वित्तीय व्यवस्थापन विषयमा फेरि नेपाल प्रथम तथा विश्व छैटौं स्थान प्राप्त गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उत्कृष्टता प्रमाणित गरे।

यसै क्रममा उनले नेपाल प्रथम संलग्न सदस्य (टप एफिलिएट) को सम्मानसमेत प्राप्त गरेका छन्, जुन अत्यन्त गौरवको विषय हो।

विशेष कुरा के भने, यी सम्पूर्ण उपलब्धिहरू उनले कुनै औपचारिक कक्षा वा शिक्षकको सहयोगबिना पूर्ण रूपमा आत्मअध्ययनबाट हासिल गरेका हुन्। सीमित स्रोतसाधनका बाबजुद स्पष्ट लक्ष्य, निरन्तर अभ्यास र दृढ संकल्पका साथ अघि बढ्दा असम्भव भन्ने केही नरहेको उनको सफलताले देखाएको छ।

उनको यो उपलब्धि केवल व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण नेपाली युवाका लागि प्रेरणाको स्रोत बनेको छ। परिश्रम, धैर्यता र आत्मविश्वास भए नेपाली युवा विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने सशक्त सन्देश उनले दिएका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन

गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।


Ticker news is only displayed on the front page.