धार्मिक एवंं ऐतिहासिक महत्व बोकेको गुल्मीको मालिका मन्दिर



गुल्मी – धार्मिक एवंं ऐतिहासिक स्थान यस मन्दिरको महत्व थप रोचक छ। गुल्मीको मुसिकोट नगरपालिका-६ अन्तर्गत कुर्घा स्थित रहेको यस मन्दिरको रोचक पनि भनेको यहाँ वर माग्दा चिच्याएर माग्नु पर्छ।

नेपालको उच्च कोटीमा रहेका धार्मिकस्थलमध्ये बेग्लै महिमा र पहिचान भएकै कारण यहाँ विशेष पर्वहरुमा श्रद्धालुहरुको ठूलो घुइँचो लाग्ने गर्दछ । यस मन्दिरमा दर्शन एवं पूजाआजाका लागि गुल्मीलगायत अर्घाखाँची, बाग्लुङ, प्यूठान, बुटवललगायत काठमाडौँका मानिसहरू आउने गर्दछन् । मालिका मन्दिरमा वर मागे र भाकल गरेपछि मनले चिताएको कुरा सबै पुग्दछ भन्ने जनविश्वास छ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

मालिका भगवतीले कान कम सुन्ने भएका कारण यहाँ बर माग्दा चिच्याएर बर माग्नुपर्ने प्रचलन रहेको छ । यस मन्दिरमा कुनै पनि वर मागी भाकल गरेपछि मनोकामना पूरा हुने विश्वासले गर्दा मन्दिर जाने जो कोहीले पनि भाकल गरेपछि परेवा उडाउने र बलि दिने प्रचलन छ।

यहाँ आउने भक्तजनहरूले भिन्नभिन्न प्रकारका वर माग्दछन् । कोही वैदेशिक रोजगारमा जान पाऊँ, कोही विदेशी सेनामा भर्ती हुन पाऊँ, जागिर खान पाऊँ, लोकसेवा पास गर्न पाऊँ, सन्तान नभएको भए चाँडै सन्तान जन्मियोस् जस्ता अनेकौँ वर माग्ने गरेको सुनिँदै आएको छ।

मन्दिर नजिकैको पहराबाट निस्किएको पानीको मूल यस मन्दिरको थप आकर्षक बनेको छ । सानो पानीको कुण्डमा तैरिरहेका रङ्गीबिरङ्गी माछाको दृश्यले त्यहाँ पुग्ने जो कोहीको पनि मन लोभ्याउँछ छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.