नक्कली नोट छाप्ने मेसिन सहित ९ जना पक्राउ



काठमाडौं – काठमाडौं र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

साउन २५ गते बिहीबार लु १ प ५ नम्बरको पर्यटक बसलाई नागढुङ्गा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएकोे अवस्थामा सो नक्कली नोट बरामद गरिएको परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो ।


Advertisement

त्यसपछि सो बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै जाने क्रममा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपियाँ हजार दरका नक्कली नोट बरामद गरिएको थियो ।

एसएसपी कार्कीले भन्नुभयो, ‘‘उनीहरुबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरिएको छ । उनीहरुलाई मुद्रा कसुरमा मुद्दा दायर गरिनेछ ।’’

सिन्धुपाल्चोकका अर्जुन सुवेदीको डेराबाट सो नक्कली नोट बरामद गरिएको थियो । सो नक्कली नोटको कारोबारमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली छन् । उनीहरुलाई मुद्रा कसुर अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.