अर्घाखाँचीमा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु



अर्घाखाँची – अर्घाखाँचीमा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ।मकै बारीमा आएको बाँदर धपाउन जाने क्रममा भुमिकास्थान नगरपालिका वडा नम्बर ७ पानडाँडाका ४५ वर्षिय पदम केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

एकनाले आफैले बोकेको बन्दुक पड्किएर गम्भीर घाइते भएका केसीको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए ।


Advertisement

भरुवा बन्दुक नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान सुरु गरिएको समेत उनको भनाइ छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.