पाल्पामा डेंगी संक्रमणबाट बालिकाको मृत्यु



पाल्पा – पाल्पामा डेंगी संक्रमणबाट बालिकाको मृत्यु भएको छ । वालिङ नगरपालिका ११, आमडाँडा, स्याङजाकी ११ महिनाकी बालिकाको युनाइेट मिसन अस्पतालमा उपचारक्रममा निधन भएको हो ।

मृतक बालिकामा शरीरमा सुख्खापन, झाडाबान्ता लगायत अन्य समस्या देखिएको र डेंगी परीक्षण गर्दा पोजिटिभ पुष्टी भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो ।


Advertisement
Advertisement

पाल्पाको मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजमा डेंगीबाट ७३ जना संक्रमित भइसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यसअघि डेंगी संक्रमणबाट तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमै उपचारका क्रममा आइतबार बेलुकी मृत्यु भएको थियो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
विज्ञापन

गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।


Ticker news is only displayed on the front page.