किसानलाई ऋणको भारी बोकाउने ‘स्मार्ट कृषि’
गुल्मी – स्मार्ट कृषि कार्यक्रमअन्तर्गत गतवर्ष मुसिकोट नगरपालिका–६ मालारानीको सालीमे मौरीपालन समूहलाई गतवर्ष ७ लाख रुपैयाँ बजेट पर्यो । कृषि ज्ञान केन्द्रसँग सम्झौता गरेर समूहले काम सम्पन्न गर्यो। तर गतवर्षको भुक्तानी अहिलेसम्म पाउन नसकेको समूहका अध्यक्ष चुमा गुरुङ्गको गुनासो छ । ‘हामीले सम्झौताअनुसारको ७ लाख अझैँ पाइएको छैन’, उनले भनिन्–‘ऋणको भारी बोकेर म अध्यक्ष बस्नुपरेको छ ।’
स्मार्ट कृषि कार्यक्रमबाटै बंगुरपालनका लागि २ लाख रुपैयाँ पाउने गरी सम्झौता गरेका छत्रकोट गाउँपालिका १ का दानबहादुर पल्लीको पीडा पनि उस्तै छ । कार्यक्रमको प्रकृतिअनुसार २ लाख सरकारले दिने र २ लाख किसान आफैँले लगानी गर्नुपर्ने थियो ।सम्झौताअनुसारको रकम पाइने आशमा उनले ऋण खोजेर खोर निर्माण गरे तर भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीले अहिलेसम्म भुक्तानी नदिएपछि उनी चार लाख ऋणमा डुबे । ‘यस्तै हो भने यो कार्यक्रम अरु किसानका सामु लगेर थप डुबाउने काम बन्द गरौं ।’– उनले भने ।
यो कुनै बन्द कोठामा वा गोप्य रुपमा किसानले गरेको गुनासो होइन, शुक्रबार आयोजित एक कार्यक्रममा कृषक, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले आवाज बुलन्द पारे । कार्यक्रम थियो कृषि ज्ञान केन्द्र गुल्मीले सदरमुकाममा आयोजना गरेको आर्थिक वर्ष २०८०÷०८१ योजना तर्जुमा तथा कृषि स्मार्ट गाउँ कार्यक्रमको समिक्षा गोष्ठी ।
स्मार्ट कृषि कार्याक्रमअन्तर्गत विनीयोजन भएको रकमबाट किसानले काम गरिसकेपछि कृषि ज्ञान केन्द्र गुल्मी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुगमनका नाममा पुगेर विभिन्न मापदण्ड पुगेन भन्दै भुक्तानी दिन नमान्ने गरेको प्रति सहभागीहरुले विरोध जनाए ।‘अनुगमनको नाममा आएर बार्गेनिङ्ग गर्छन्, अनि उनीहरुले तोकेको रकम दिन्छु भन्यो भने रकम भुक्तानी हुन्छ नत्र हामीलाई ऋणको भारी’ इश्माका एक किसान भन्छन्–‘हामीले त काम नै गरियो कसरी कमिसन दिन सकिन्छ र।’
स्मार्ट कृषि कार्यक्रमअन्तर्गतका किसानका यस्ता पीडा धेरे रहेको जिल्ला समन्व्य प्रमुख दोणबहादुर खत्री बताउँछन् । ‘भनेटेरेनरी अस्पतालबाट गत वर्ष कमजोरी नै भएको पाइयो, धेरे किसानको भुक्तानी नभएपछि मैले नै भनेर भुक्तानीको प्रकृया पु¥याएर किसानहरुलाई भुक्तानी गर्नुहोस् भनेपछि गत माघ सम्ममा एकजना बाहेक सबैलाई भुक्तानी गरेको मलाई जानकरी दिइएको छ’, उनले भने–‘यस्तो आगामी दिनमा नदोहोरियोस् ।’
पशुसेवा विज्ञ केन्द्रका डा। मदन भण्डारीले भने केही प्रकृयागत त्रुटि भएको स्वीकार गर्दै अब त्यस्तो नहुने बताएका थिए ।
यता नेकपा ९माओवादी० केन्द्रका सचिव अशोक थापाले कैयौं किशानहरुलाई भुक्तानी नदिएर मारमा पारेको आफूसँग प्रमाण भएको बताए । उनले भने–‘अनुगमनमा जाँदा सिमिचौरका कतिजना किसानले भुक्तानी नपाएको गुनासो गर्दै थिए । तपाईंहरुले कागजमा तन्दुरुस्त पार्ने, यसरी रहरलाग्दो गरी प्रस्तुति दिने तर व्यवहारमा त्यस्तो छँदै छैन ।’
उनले कृषि ज्ञानकेन्द्रतर्फ ईंगित गर्दै हाते ट्याक्टरलगायतका कृषि औजारहरु सोर्स फोर्सका भरमा वितरण गरीएको आरोप लगाए । उनले भने –‘एउटा पालिकाको अध्यक्ष आएर भनेपछि लुत्त दिइन्छ तर आवेदनकर्ता वञ्चित हुन्छ ।