तानसेन तम्घास सडक दैनिक ६ घण्टा बन्द हुने



पाल्पा – तानसेन तम्घास सडक दैनिक ६ घण्टा बन्द हुने भएको छ । भोलीदेखि राती १० बजेदेखि विहान ४ बजे सम्म सडक बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । रातीमा दैनिक ६ घण्टा सडक बन्द गरी पाल्पाको रिब्दीकोट गाउँपालिकाको जोर्तेखण्डमा सडक स्तरोन्नती तथा मर्मत कार्य गरिने भएकाले सडक बन्द रहने सडक डिभिजनले जनाएको छ । सडक मर्मत गर्नका लागि भोलीदेखी २५ दिनसम्म सडक बन्द हुने छ ।


सो सडक हुदै गुल्मी, बाग्लुङ, अर्घाखाँचीसम्मका सवारी आवत जावत गर्ने गर्दछन् । अत्यावश्यक सवारीलाई भने अवरोध नहुने सडक डिभिजन कार्यालयका प्रमुख प्रदिपमणी निरौलाले जानकारी दिनुभयो । बिगतमा पनि पटक पटक सडक बन्द गरेर काम गरिएतापनि काम पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन् ।


Advertisement


जोर्ते भीर क्षेत्रमा कडा चट्टान भएकाले कटान गर्न समय लाग्ने गरेको छ । उक्त समयमा सडक डिभिजनले सवारीलाई बैकल्पिक मार्ग लुहुङ चण्डीभन्ञ्याङ बतासेडाँडा सडक प्रयोग आग्रह गरेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.