युटुवर बस्नेत भन्छन् : आर्मीमा भर्ती हुन गएको थिएँ, तर मलाई भाग्यले पत्रकार बनायो
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं ३ भाडगाउँ निवासी बुबा मिन बहादुर बस्नेत र आमा पवित्रा बस्नेतको कोखबाट २०५२ साल बैशाख २६ गते जन्मिएका मोहन बस्नेतले पत्रकारिता संगै समाजसेवाबाट छोटो समय तथा सानै उमेरमा देश बिदेशमा चर्चा कमाएका छन् । पछिल्लो समय बस्नेतले गरेको पत्रकारिता र समाजसेवाका कारण गरिब , दुःखी र असहायले देवताको रुपमा लिने गर्दछन् । २०७२ सालदेखी पत्रकारिता सुरु गरेका बस्नेतले छोटो समयमै लोकप्रियता कमाएका छन् । देशका बिभिन्न कुना काप्चामा पुगरे कृषि तथा देशको समसामहिक बिषयमा रिपोटिङ्ग गर्ने बस्नेतलार्ई देशका सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेर उनलाई धन्यबाद संगै काममा उर्जा थपिदिएका छन् । २०७८ साल बैशाख १ गतेका दिन जनसेवा श्री पञ्चम पदकबाट राष्ट्रपतिको कार्यालय, नेपाल अनलाइन टेलिभिजन पत्रकार संघ लगायत दर्जनौ संघसस्थाबाट बस्नेत सम्मानित भएका छन् । बस्नेतको संचारक्षेत्रको यात्रा , अनुभव लगायत समसामहिक बिषयमा नागरिक अपडेटका लागी मनोज कार्कीले संचारकर्मी मोहन बस्नेत संग गरिएको सम्पादित अंश
मोहन जि स्वागत छ, नागरिक अपडेटमा ।
धन्यबाद मनोज जि लगायत नागरिक अपडेट न्युज अनलाईन परिवारलाई ।
तपाईले संचारक्षेत्रमा आफ्नो यात्रा कहिले र कसरी सुरु गर्नुभयो ?
१० बर्ष पहिले सरकारी सेवामा प्रबेश गरी जनतालाई सेवा गर्ने सोँचका साथ शसस्त्र प्रहरीमा भर्तीहुनको लागी गुल्मीबाट म सहित ६ जना बर्दघाट गयौं । ५ जना शसस्त्र प्रहरीमा सफल भए तर म भने उमेरका कारण असफल भई गुल्मी फर्किए । आफुलाई मिडिया क्षेत्र मन पर्ने भएकाले मामा तिलक केसीसंग सल्लाह गरी मामाको गुल्मीको सदरमुकाम तम्घासमा अबस्थित रेसुङ्गा टेलिभिजनमा २०७२ सालमा लेखापाल बाट मिडियाका प्रबेश गरे । टेलिसिरियल र समाचारमा पनि मन जान थाल्यो । पछि बिस्तारै टेलिभिजनमा समाचार पढ्न र स्थानिय स्तरमा निर्माण गरिने खल्लीबल्ली सिरियल खेल्न थाले । ति कार्यक्रमले स्थानिय लेभलमा चर्चा पनि कमाए । युटुवमा भिडियो हालेपछी राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सुनेपछि टेलिभिजनमा काम गर्ने सहकर्मी गिरी भुसालले मेरो युटुव च्यानल खोलिदिनु भयो । भुसाल सरको सल्लाह अनुशार दैनिक स्टेज कार्यक्रममा भएका भिडियोहरु अपलोड गर्न थाले । बिस्तारै भिडियोले बजार पाउन थालेपछि टेलिभिजन संगै युटुव तिर ध्यान दिदै अगाडि बढें । सबैको साथ,सहयोग,माया र हौसलाले यहाँ सम्म निरन्तर यात्रा गरिरहेको छु ।
तपाईलाई प्रधानमन्त्रीको फोन आउँदाको अनुभव कस्तो छ ?
मलाई त्यो मिति समेत याद छ । २०७७ सालको भदौ ४ गते बिहान म आफ्नो कोठामा सुतिरहेको थिए । एका बिहानै मेरो मोवाइलमा नयाँ नम्बरबाट फोन आयो । गुल्मीको भण्डारी जि संग अन्तरवार्ता लिने पत्रकार हो बाट सुरुभएको कुराकानीमा कृषि क्षेत्रका थुपै कुरा भए तर त्यत्ती बेला सम्म मैले उहांको परिचय मागेको थिएन । मैले अब फोन राख्ने बेलामा सर को बोल्नु भो नि भनि सोधपछि आएको उत्तरले म अवाक भए । “ म केपी शर्मा ओली बोले प्रधानमन्त्री”। म एकछिन् अलमलिदैँ दङ्ग परे । कसैले म संग जोक गरेको छ भन्ने जस्तो पनि लाग्यो । प्रधानमन्त्री केपी शर्मा ओलीको आवाजलाई सम्झदैँ म एक्कासी बिस्ताराबाट झसङ्ग हुँदै उठे । आफुले चिनेका धेरै साथीहरुलाई यो आवाज साच्चै प्रधानमन्त्री कै हो र भनेर सोधेँ यो आवाज प्रधानमन्त्रीकै हो भनेपछि ममा खुसीको सिमा नै रहेन् । त्यसपछि पनि पटक पटक वहाँ संग कामकै बिषयमा कुराकानी भईरहन्छ । मनोज जि म खास कर्म पछि फलको आसा गर्दिन र गर्नुहुन्न भन्ने लाग्दछ पनि तर काम गर्दैजादा राम्रा मान्छेको पनि नजरमा परिने रहेछ भन्ने चाँहि त्यहिँ दिन थाहा भयो ।
“ म आफ्नो कोठामा सुतिरहेको थिए । एका बिहानै मेरो मोवाइलमा नयाँ नम्बरबाट फोन आयो । … “ म केपी शर्मा ओली बोले प्रधानमन्त्री”। म एकछिन् अलमलिदैँ दङ्ग परे । कसैले म संग जोक गरेको छ भन्ने जस्तो पनि लाग्यो । प्रधानमन्त्री केपी शर्मा ओलीको आवा?जलाई सम्झदैँ म एक्कासी बिस्ताराबाट झसङ्ग हुँदै उठे ।”
८ बर्षको पत्रकारिताको अभ्यासमा यहाँले के कस्ता उपलब्धि हाँसिल गर्नुभयो ?
मेरो पत्रकारिताको कर्म देखेर मैले युटुवमा अपलोड गरेका भिडियो हेरेर मलाई देशको सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेर हौसला संगै मलाई मेरो कर्ममा जिम्मेवारीका साथ काम गर्ने एक उर्जा थपिदिनु भयो । देशको प्रधानमन्त्रीले म जस्तो सामान्य मान्छेलाई फोन गर्नु मेरो लागी एक उपलब्धी भएको महशुस गरेको छु । २०७८ साल बैशाख १ गतेका दिन जनसेवा श्री पञ्चम पदकबाट राष्ट्रपतिको कार्यालयबाट सम्मानित भएको थिए । अनलाइन टेलिभिजन पत्रकार संघ लगाएतका दर्जनौ संघसस्थाबाट सम्मानित भएको छु । युटुवको भिडियो मार्फत दुःखी गरिब असहाय लाई सहयोग गर्दै आएको छु भने हामीले खोजेका रविना बस्याल , सचिन परियार लगायतका बाल कलाकारका प्रतिभाले देश बिदेशमा चर्चा र स्थान पाईरहेका छन् ।
सोसल मिडिया र मिडिया हाउस बिच नागरिकले हेर्ने दृष्टिकोण कस्तो पाउँनु भयो ?
सामाजिक संजालमा प्रसस्त देखिने अनलाईनका कारण राम्रो मान्छे ओझेलमा पर्दै आएका छन् । धैरै अनलाईन भएकाले सोसल मिडियालाई यो अनलाइन तथा मिडिया आधिकारिक हो वा होइन् भनि छुट्याउँनै गाह्रो छ । सोसल मिडियालाई नागरिकले कम मात्र बिश्वास गरेको पाईन्छ । सोसल मिडियालाइ कतिपयले गरिखाने स्रोतको रुपमा लिएका छन् भने सोसल मिडियाकै कारण केहि परिवर्तन तथा सहयोग भईरहेका छन् । मिडिया हाउसले सत्य तथ्य र निष्पक्ष समाचार र रिपोर्ट सम्प्रेशण गरेको पाइन्छ । कतिपय सोसल मिडिया कमाउनकै लागि जस्तोसुकै बिषयलाई ठुलो बनाउन पछि नपर्ने भएकाले केहि बिश्वास गुमाएको पनि देखिन्छ जुन चिन्ताजनक छ ।
पछिल्लो समय पत्रकारितामा आउनेको संख्या बढ्दो छ यस बिषयमा के भन्नुहुन्छ ?
हो तपाईले भनेजस्तै पछिल्लो समयमा पत्रकारितामा आउने संख्या दैनिक बढ्दो छ । पत्रकारितामा नयाँ पुस्ता उदाउँदो छ भने पुरानो पुस्ता अस्ताउँदै अर्थात् बिस्तापित हुदैँ आएको देखिन्छ । केन्द्र तथा जिल्लामा संचालित राष्ट्रिय तथा स्थानिय संचारमाध्यमले बषौं देखि कार्यरत कर्मचारीलाई दिईने सेवा,सुबिधा प्रदान गरी उचित ब्याबस्थापन गर्न जरुरी छ । क्षमता अनुशारको पारिश्रमिकको ब्यबस्था गरी नयाँ पुस्तालाई यो क्षेत्रमा प्रोत्साहित गरी उर्जा दिन सके पत्रकारिता क्षेत्रमा इमान्दार,कर्मनिष्ठ र कामप्रति बफादार रहने थिए । नयाँ आउने पुस्ताले मिडियालाई रहर पुरा गर्ने माध्यम मात्र नबनाई दिगो बनाउंदै लैजान जरुरी छ । दिनप्रतिदिन बजारमा छ्याप छ्याप देखिने सोसल मिडिया र पत्रकारलाई संम्बन्धित निकायले छानविन गर्न आवश्यक छ । पुरानालाई सम्मान गर्न सकेमा पत्रकारिताले आफ्नो क्षेत्र फराकिलो तथा अब्बल बनाउनेमा दुई मत छैन् ।
यहाँले पत्रकारिताको भबिष्य कस्तो पाउनु भएको छ । अबको पत्रकारिता कस्तो हुनुपर्छ ?
म पनि यहाँ सम्म संचारक्षेत्रबाट आएको हुदाँ म यो पेशालाई हृदयदेखी नै सम्मान गर्दछु । पत्रकारिता आफैमा सम्मानजनक पेशा हो । पत्रकारिता समाज परिवर्तनको ऐना हो । यसलाई आफ्नो जिम्मेवारी सम्झेर काम गर्न सकेमा यसको महत्व र भबिष्य धेरै छ । आफु जुन बिषयमा योग्य भइन्छ त्यहि बिषयमा कलम चलाउन सकेमा आफुले चाहेको भन्दा पनि जनमुखी पत्रकारिता हुन सक्छ । च्याउ जस्तै उम्रेका अनलाईन र ब्यक्तिहरुलाई मिडियाले क्षमता अनुशारको काम दिन आबश्यक छ । आफुले गर्ने कामको गहिरो अध्ययन गरी पत्रकारितामा नयाँ पुस्तालाई लाग्न अनुरोध गर्दछु । नेपाली जनताले देश परिवर्तनका लागी कलमबाट युद्ध गर्ने पत्रिकारिता चाहिरहेका छन् । राजनितिलाई साइड लाउँदै जनमुखी पत्रकारिता गर्न आवश्यक छ । यसरी गरिएको पत्रकारिताले पक्कै पनि समाज परिवर्तन र देश निर्माणमा ठुलो योगदान पुग्ने छ ।
नागरिक अपडेट अनलाईन पढेर बस्नुभएका पाठकलाई के भन्नु हुन्छ ?
सर्वप्रथम त म यो अन्तरवार्ता अवसरको लागी नागरिक अपडेट अनलाईन परिवारलाई परिवारलाई धन्यबाद ब्यक्त गर्दछु । मलाई हरपल सहयोग गर्नेघर परिवार , सहकर्मी मित्र लगायत सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दछु । मदजुर गरिब दुःखीको घरमा चुलो बल्न सकेको छैन् । हामी निरन्तर बिपन्न तथा असहाय परिवारलाई देश तथा बिदेशबाट आएको सहयोग द्धारा राहत बितरण अभियानमा छौ । त्यस्तो समस्या भोग्दै आउनु भएको छ भने खबर गर्नुहोला सक्दो सहयोग गर्नेछौँ । हामीलाई सहयोग गर्नुहुने सबैमा आभारी छु । निरन्तर आफ्नो पेसामा इमान्दार रहँदै सत्य तथ्यलाई बाहिर ल्याउँदै समाजसेवाकोे कर्मलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्दछु ।