रेसुङ्गाको विकासलाई रकेटको गतिमा लैजाने चाहाना छ : मेयर पन्थी
स्थानीय तहको दोश्रो निर्वाचन पछि निर्वाचित जनप्रतिधिहरुको एक वर्ष बितिसकेको छ । ०७९ बैशाख ३१ गते स्थानीय तहको दोश्रो निर्वाचन भएको थियो । त्यस निर्वाचनमा विजयी प्राप्त भएपछि २०७९ जेठ ६ गते रेसुंगा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिरुले पदभार ग्रहण गर्नुभएको थियो ।निर्वाचित भएको एक वर्षको अवसरमा जनप्रतिनिधिहरुले गरेका उपलब्धीहरुका विषयमा नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरी रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले प्रशासनिक तथा विकासात्मक गतिविधिहरुका विषयमा जानकारी गराउनुभएको थियो । यसैबीच पत्रकार मनु सुनार मनसुनले नगरप्रमुख पन्थीसँग एक वर्षको समयमा गरेका विकासात्मक तथा प्रशासनिक गतिवधि र कार्य अनुभवका विषयमा केन्द्रीत रहेर गर्नुभएको कुराकानी संक्षिप्त कुराकानी ;
नगरप्रमुख ज्यू, यहाँलाई स्वागत छ ।
धन्यवाद् ।
तपाई निर्वाचित भएर कार्यभार समालेको पनि एक वर्ष बितिसकेको छ, यो एक वर्षको कार्य अनुभव कस्तो रह्यो ?
नागरिकको पक्षमा सम्मिलित भएर काम गर्न पाउँदा आनन्दको अनुभूती भएको छ । हामीले एक वर्षको अवधिमा गरेका महत्वपूणर् कामहरुको बारेमा संक्षिप्त रुपमा तपाईहरु पत्रकार मार्फत आम नागरिकलाई जानकारी गराएका छौं । यो अवधिमा जुन कामहरु अगाडी बढाएका छौं, विकासका हिसाबले खास गरि रेसुंगा नगरपालिकाको विकास निर्माणमा दुरगामी प्रभाव पर्ने नागरिकको बीचमा केहि न केही आशा जगाउने खालका कामहरु हामीले एक वर्षको समयमा गर्यों ।
एक वर्षको समय अवधिमा काम गर्दा मलाई लाग्छ, नागरिकप्रति निकै बफादार बनेर पवित्र मनले अत्यन्तै क्रियाशिलाका साथ यो वर्ष चाँही काम गरेको म आफैं पनि अनुभुति गरेको छुँ । सिंगो मेरो टिमले त्यो अनुभूति गरेको छ ।
हजुर, विजयी भएर पदवहाल गरेकै दिन तपाईले सर्वसाधरण नागरिकहरुलाई ढोकामा पर्खाउन्न म मेरो कार्यकक्षसम्म चाहिँ बोलाएर सेवा गर्छु भन्नुभएको थियो नी रु अहिले त्यस्को कार्यान्वयनको अवस्था कस्तो छ ?
हजुर आफैं करिब आधा घण्टा बस्नु भयो हैन्, तपाई आफैं देख्नुभएन र रु कुनै पनि नागरिक सहज ढंगले मसँग मेरो कार्यकक्षमा आएर कुरा गर्नुभएको छ । त्यतिबेला मैले के भनेको थिएँ भने, कुनै पनि नागरिक मसँग आउँदा खेरि आफ्नो जनप्रतिननिधिसँग सहज ढंगले आउन सकोस्, निर्धक्क भएर आफ्ना समस्या राख्न सकोस् । नगरपालिकामा आउने बित्तिकै तल हाम्ले एउटा सहायता कक्षको निर्माण गर्र्यों । अब त्यहाँ आउनुहुन्छ र सिधैं म कहाँ आउनुहुन्छ । म कहाँ आउन कुनै समय लिन र चिट काट्नु पर्दैन् । मेरो कार्यकक्षको ढोका खुल्ला हुन्छ । सिधैं भित्र आउनुहुन्छ, कुरा राख्नुहुन्छ, त्यसैले पहिलो चोटि हामीले यो कार्यबाट सुरु गरेका हौं ।
यहि नै सुरुवातको पहिलो पाटो हो भन्ने मलाई लाग्छ । त्यसैले अहिले सम्म एक वर्षको अवधिमा कुनै पनि नागरिकले म नगरपालिकामा गएर मैले भेट्न पाइन् भन्ने अवस्था छैन् । म कामको शिलशिलामा बाहिर भएको बेला फरक कुरा हो । म यहाँ भएको बेलामा कसैको त्यस्तो गुनासो छैन्, र मैले खोजी(खोजी आफैं पनि कोही बाहिर बस्नु भएको छ कि, छैन् रु भनेर पर्खेर हेरेर म भेट्ने गरेको छु ।
यो एक वर्षको समय व्यतित भइरहँदा अवसर र चुनौतीहरुलाई कसरी लिनुभयो ?
चुनौतीहरु प्रशस्तै छन् । अझ हाम्रो यो देशमा हाम्रो यो सामाजिक चरित्र, जुन मनोविज्ञान छ । यससँगै थुप्रै चुनौतीहरु त हुन्छन् नै , त्यसकारणले चूनौतीहरु नभएका हैनन् , प्रशस्तै चुनौतीहरु थिए, तर ती चुनौतीहरुलाई चाँही विभिन्न ढंगबाट र सामान्यतया खासगरी यो एउटा साझा संकल्प पनि हो । यो मेरो मात्र होइन, रेसुंगा नगरपालिका सम्मुनत गर्ने कुरा हामी सबैको साझा संकल्प हो, भन्ने किसिमको अनुभूति हामीले गरेका छौं । चुनौतीहरुको सामना गर्दै अवसरको रुपमा पनि अगाडी बढ्यौं ।
नगरप्रमुख ज्यू, सुरुको वर्षलाई एउटा आधार वर्षको रुपमा पनि हेर्ने गरिन्छ, तपाई आफैले पनि एउटा सपना देखिरहनुभएको विषय नगरपालिकालाई समृद्ध बनाउने, त्यसका लागि एक वर्षमा आधार तयार गर्न सक्यौं ?
बिल्कुल, मैले भनेको थिएँ, यो वर्ष चाहीं खासगरी सम्मुन्नतीको आधार वर्षको रुपमा हामीले तय गरौं । हामी निर्वाचित भइसकेपछि कार्यपालिकाको पहिलो बैठकबाट स्थानीय तहको निर्वाचनमा आम नागरिकको बीचमा मैले आफुले प्रतिवद्धता गरेको विषय पनि हामीले के भनेका थियौं, भने यो वर्ष समृद्धिको आधार वर्ष अथवा समुन्नतीको आधारको वर्षका रुपमा स्थापित गर्यौं भनेर हामीले भनेका थियौं । ती आधारहरु हामीले तय गरेका छौं । यसका लागि थुप्रै कार्यहरु सुभारम्भ भएका छन् ।
जुन चाँही सालझण्डी देखि पटौती दुर्गाफाँट हुँदै तम्घास जोड्ने सडकको कुरा होस्, त्यसलाई अगाडी बढाएका छौं । हवाई कनेक्टीभिटि देखि लिएर गुल्मेलीको हवाई चढ्ने निकै लामो सपना पुरा गरेका छौं । हामीले स्वास्थ्य क्षेत्रमा हाडजोर्नी सेवा दिने कुरा गाइनोको विशेषज्ञ सेवा दिने कुरा होस्, वा मोतिया बिन्दुको बिरामीहरुलाई निःशुल्क सेवा दिने कुरा होस्, चाहे शिक्षा क्षेत्रमा ३।२ जिपिए भन्दा माथि ल्याउने विद्यार्थीहरुलाई यहि राख्ने हिसाबले मासिक चार हजार रुपियाँ शुल्क दिएर त्यो पूँजीलाई पलायन हुनबाट रोकेका छौं ।
शैक्षिक धरोहरको रुपमा रहेको रेसुंगा बहुमुखी क्याम्पसलाई सहयोग गर्ने कुरा होस्, यस्ता थुप्रै कुराहरु हामीले गरेका छौं । हामीले पाँच वर्षमा गर्ने कार्यहरुको भिजन तय गरेर अगाडी बढेका छौं। आम नगरबासी मात्र होइन सिंगो जिल्लालाई सम्मुनतिको एउटा म्यासेज दिन सक्छौं भन्ने कुरामा हामी निकै प्रतिवद्ध छौं ।
रेसुंगा नगरपालिका गुल्मी जिल्लाको सदरमुकाममा अवस्थित नगरपालिका पनि हो, अहिले नगरप्रमुख ज्यू, को जुन सक्रियता र विभिन्न योजनाहरुप्रतिको लगाव र समयमै सम्पन्न गर्ने हुटहुटी देख्दा आम नागरिकहरुले यस कार्यको प्रशंसा पनि गर्ने गरेका छन्, अहिले नगरप्रमुख ज्यू, नगरपालिकामा रहेका बहुवर्षिय योजनाहरुको अवस्था के छ रु कहाँ पुग्यो निर्माणको कार्य ?
हामीसँग अहिले हेर्ने हो भने, करिब(करिब दुई अर्ब भन्दा बढि हाम्रो पूर्वाधार तर्फका बहुबर्षिय आयोजना छन् । कतिपय योजना क्रोनिक भएर वषौं वर्ष लागेका पनि छन् । हामी आइसकेपछि यो पहिलो प्राथमिकता चाँही यिनलाई पुरा गरौं, यिनलाई सम्पन्न गरौं, ती समस्याको समाधानहोस्, भन्ने हिसाबले हामीले चाँही केही काम प्रारम्भ गर्यौं । लामो समयसम्म समस्याको रुपमा रहेको तम्घास रेसुंगाको सडक यो वर्ष कालोपत्रे गरेर सम्पन्न गर्दैछौँ । करिब(करिब ८० प्रतिशत काम सकिसक्यों । मलाई लाग्छ एक महिनाको बीचमा त्यो काम सकिन्छ ।
त्यसैगरी दश वर्षसम्म नबनेको तम्घास खाम्सेपानीको सडक भुवनपानी भएर जान्छ, त्यो सडक यो वर्ष हामीले साढें ३ किलोमिटर हामी आइसकेपछि कालोपत्रे सम्पन्न गर्र्यों । यसैगरी हामीले खाम्सेपानी भुवनपानी तल्ला भन्ने ६(४ किलोमिटर सडक चाँही हामीले सम्पन्न गरिसकेका छौं । त्यस बाहेकका हामीले झण्डै(झण्डै डेढ अर्ब सम्मको लगानीमा अहिले हाम्रा केही बहुबर्षिय आयोजनाहरु अगाडी बढिरहेका छन्, ती आयोजनाहरुको निरन्तर फलोअप गर्दै समयमै सम्पन्न गर्न निरन्तर दबाब सिर्जना गर्ने गरेका छौं । मलाई लाग्छ यो वर्ष चाँहि थुप्रै कामहरु अगाडी बढें । आगामी वर्षमा चाँही एकै पटक रेसुंगा नगरपालिका पूर्वाधारका हिसाबले ह्वात्तै उठेको देख्न सक्नुहुनेछ, भन्ने कुरामा म विश्वस्त छु ।
म प्रतिवद्ध पनि छुँ । भर्खरै अहिले तम्घास बजारको कालोपत्रेको काम अगाडी बढाएका छौं । त्यसले एउटा उत्साह थपेको छ । निकै जिणर् अवस्थामा रहेको बजारलाई कुरुप बनाएका जिणर् पोलहरुलाई हटाउने कार्य अगाडी बढेको छ ।पुराना अनावश्यक तारहरुले बजारको सुन्दरतालाई ह्रास आउने काम भइरहेको छ । त्यसलाई हटाउने काम सुभारम्भ भएको छ । थुप्रै कामहरु अगाडी बढेका छन् । केही बहुवर्षिय आयोजनाहरुलाई चाहीं आगामी वर्षमा सबै सम्पन्न गर्नेछौं ।
जनप्रतिनिधि र कर्मचारी बीचको कामको तादात्म्य कस्तो छ ? प्रशासनिक र विकासात्मक कामहरु सञ्चालन गर्नुपर्छ र यसको नेतृत्व पनि गरिरहनुभएको छ ?
हामीलाई के लाग्छ भने, अब विकासलाई हामीले रकेटको गतिमा लैजाने चाहना छ । त्यसकारण पनि कामको स्प्रिड बढाउनुपर्छ । पुरानै ढंगले बसियो भने हामीले सोंचे जस्तो परिणाम आउँदैन् । त्यसकारणले गर्दा जुन हाम्रो एउटा मनोविज्ञान छ, त्यो मनोविज्ञान चाँही पुरानो ढंगको छ । त्यसकारण त्यसलाई पनि हामीले समन्वय गर्दै एउटा गति दिने तरिकाले हामी अगाडी बढेका छौं ।
त्यसकारणले प्रशासनिक क्षेत्र र जनप्रतिनिधिबीचको कार्यलाई निकै लगावपूणर् रुपमा अगाडी बढाएका छौं । यहाँ जनप्रतिनिधि र कर्मचारीबीच काम गर्न त्यस्तो खालको असजिलो छैन् । मेरो भनाइ चाही के हो भने मेरो जस्तो अरुको काम गर्ने तरिका नहुन सक्छ, त्यस्को लागि मैले बारम्बर भनिरहेको छुँ, समय धेरै छैन्, मेरो अवधि पाँच वर्षको होइन् । दुई वर्षको हो । एक वर्ष सकियो, एक वर्ष बाँकी छ। बाँकि तीन वर्ष मेरो अरु कामहरु गर्नुपर्छ भनेर मैले त्यसरी पनि काम गरिरहेको छुँ । साथीहरुलाई भन्ने गरेको छु की मेरो अवधि चार वषको छ भनेर सोंचे भने थुप्रै कामहरु नहुन सक्छन् । त्यो हिसाबले म अगाडी बढिरहेको छुँ ।
नगरप्रमुख ज्यू, एक वर्षको यो बीचमा तपाईले समय बिताइरहँदा स्मरण गनुपर्ने काम चाँही के के गर्नुभयो ?
सबभन्दा पहिलो स्वास्थ्य क्षेत्रमा मैले जुन किसिमको काम अगाडी बढाएँ, त्यो स्वास्थ्य क्षेत्रमा निकै ठुलो फड्को मार्ने गरी काम अगाडी बढाएका छौं जस्तो लाग्छ । थुप्रै नागरिकले सास्ती खेप्नु परेको हाडजोर्नीको समस्या हुँदा पाल्पा जानुपर्ने, बुटवल जानुपर्ने एकदम दिन, दुःखी र गरिबहरुको चाँही साह्रै कहाली लाग्दो अवस्था उपचार नै गर्न नसक्ने त्यस्तो अवस्थाबाट आज हामीले जिल्लामा सेवा लिएको देख्दा खेरि निकै खुसी लागेको छ । यसले म आफुलाई पनि खुसीको अनुभूति हुन्छ । कोभिडको बेलामा म आफै पनि प्रभावित थिएँ । त्यो बेलामा बिरामीहरुलाई बाहिर पठाउनको निम्ति पास लिनुपथ्र्यो । त्यो पास बनाएर दिदाँ खेरि पनि निकै ठुलो काम गरेको हामीलाई अनुभूत हुन्थ्यो ।
गाउँका एक जना दाई बिरामी हुनुहुन्थ्यो । उहाँको परिवारले पाल्पा बुटवल लानु पर्र्यो भनेपछि म आएँ, अनि पासको सहजीकरण गरि त्यो पास चाँही मैले उहाँलाई लगेर दिने बेलामा मैले के को लागि लैजादै हुनुहन्छ रु भन्दा उहाँ किड्नीको बिरामी हो, डायलासिस गर्ने हो भनेर हिड्नुभयो । उहाँ हिडेको आधा घण्टामै उहाँको बाटोमै मृत्यु भयो । त्यो कुराले मलाई सार्है बिझ्यो । मैले सोंचे कुनै बेलामा म जनप्रतिनिधि भए भने मैले यहाँबाट जनताको सेवा प्रारम्भ गर्छु भनेर मैले मनमनै संकल्प गरेको थिएँ, गुल्मी अस्पतालबाटै डायलासिसको सेवा उपलब्ध गराउन निर्वाचित भइसकेपछि कार्यपालिकाको पहिलो निणर्यबाटै डायलासिस मेसिन उपलब्ध गराउने निणर्य गरी हस्तान्तरण पनि गरिसकेका छौं । नेपालमा जम्मा २० वटा मेसिन आएको थियो । त्यो मध्येको पाँच वटा मेसिन हामीले गुल्मी जिल्लामा भित्रायौं । अब केही समय भित्र त्यो पनि सुभारम्भ हुँदैछ । त्यसकारणले स्मरण गर्न योग्य थुप्रै कामहरु गर्र्यों ।
त्यो मध्येको उत्कृष्ट कर्मको रुपमा स्वास्थ्य सेवामा हाडजोर्नी सेवा होस्, चाहें थुप्रै महिला दिदिबहिनीहरुलाई गाइनाको सेवा लिन बाहिर जानुपथ्र्यो, अहिले यहिबाट सेवा लिन पाउनुभएको छ । किड्नीको डायालासि सेवा साह्रै महत्वपूणर् सेवा हो । यी सेवाहरु दिन पाउँदा मलाई लाग्छ एक वर्षको बीचमा साहै्र स्मरणयोग्य रह्यो । त्यस बाहेक अरु मैले भनिहालें चाहें हवाई सेवाको कुरा होस् । विद्यार्थीहरुलाई छात्रवृत्ति दिने कुरा होस् । यी सबै महत्वपूणर् छन् । थुप्रै कामहरु एक वर्षको अवधिमा स्मरण योग्य छन् भन्ने कुरा मलाई लाग्छ ।
राजनीतिककर्मी र जनप्रतिनिधि भइरहँदाको फरक कस्तो हुँदो रैछ ?
राजनितिककर्मीको हिसाबले काम गर्दा बिशुद्ध एउटा आफ्नो पार्टीमा बसेर संगठन निर्माण गर्ने, आम नागरिक र जनताको बीचमा पार्टी संगठनलाई बलियो बनाउने कुरा र थुप्र्रै विकृति र विसङ्गतिका बारेमा पनि खबरदारी गर्ने कुरा त छदै छन् । त्यो एउटा पाटो रहन्छ । जनप्रतिनिधिको भूमिकामा आउँदा थुप्रै समस्यासँग जोडिएको हुन्छ । दिन, दुखी गरिबहरुको अवस्थाको बारेमा कसरी बदल्न सकिन्छ भन्ने पहिलो प्राथमिकता रहँदो रैछ । म सबैको अभिभावक हुँ भन्ने हिसाबले र निक्कै छिटो नागरिकलाई सेवा दिनुपर्छ भन्ने कुरामा सचेत नै छुँ ।
हिजो राजनैतिककर्मी भइरहँदा पनि वस्ती(वस्तीमा पुगेर पीडितहरुलाई सहयोग गर्नुभएको पृष्ठभूमि पनि छ, आर्थिक अभावमा शिक्षाको पहुँचमा आउन नसकेका नागकिहरुलाई शैक्षिक संस्थाहरुसँग जोड्दैै अध्ययन गर्ने वावातारण सिर्जना गर्नुभयोे रु आज नेतृत्वतहमा आउँदा त्यस्ता वर्गहरुलाई समावेश गर्ने निति कार्यक्रम बनाउन सक्नुभयो?
त्यसैले त म सुरु देखि गम्भिर छु नी, जुन बाहिर बस्दा पनि म जनप्रतिनिधिहरुको भूमिका नरहँदा खेरी पनि मैले केही कामहहरु अगाडी बढाएँ, त्यसैले आज यहाँ आएर मलाई काम गर्न सहज छ, त्यसैले गर्दा अबको निति कस्तो बनाउनुपर्छ कस्तो किसिमको पोलिसी निर्माण गरेर आम नागरिकलाई सेवा दिन सकिन्छ भन्ने कुरा मलाई त्यहाँबाट अनुभव बसेको छ । खास गरी तल्लो वर्गलाई दिन, दुखी, गरिब, दलित समुदायलाई कसरी माथि उठाउन भन्ने सन्दर्भमा हामी लागरिहेका छौं ।
विकासात्मक कुराहरुलाई अगाडी बढाउँदै गर्दा मुद्धा र आरोपहरु पनि खेप्नु पर्र्यो भनेर सार्वजनिक मञ्चहरुमा तपाई आफै पनि भन्ने गरेको सुनिन्छ रु यसको वास्तविकता चाँही के हो रु, बताइदिनुहोस् न ?
हो, संघीय लोकतान्त्रिक गणतन्त्र भनेको कसैको आलोचना गर्नु, विरोध गर्नु मात्र होइन् । लोकतन्त्र भनेको आफैमा निकै व्यवस्थित न्यायप्रणाली व्यवस्था हो । तर त्यसको जुन ढंगले संस्कार बसाल्न सक्नुपथ्र्यो, तर त्यो हामीले बसाल्न सकेका छैनौं । त्यसकारणले अहिले पनि यति ठुलो संघर्षबाट आएको व्यवस्था यो व्यवस्था जनताको आशाको रुपमा परिणत गर्ने र हामीले बनाएको संविधान चाँही उत्कृष्ट संविधान भनेका छौं । यो संविधानबाट सम्मुनतीको आधार तय गरी समृद्धि खोजिएको छ । तर हाम्रो राजनीति संस्कारयुक्त हुन सकिरहेको छैन् । अस्वस्थ छ, स्वस्थ राजनीति हुन सकिरहेको छैन्, त्यसैले गर्दा स्वभाविक ढंङ्गले काम गर्ने सन्दर्भमा चाँही हामी माथि आरोप आउने, मुद्धाहरु आउने कुराहरु पनि भइरहेका छन् । त्यो चाँही दुःखद कुरा हो ।
आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम बनाउन पनि व्यस्त भइरहनुभएको छ रु यस वर्ष निति तथा कार्यक्रममा नयाँ छनक के देख्न पाइन्छ ?
ठ्याक्कै यस्तो छ भनेर भने भनें चाँही निति तथा कार्यक्रम अलि खल्लो होला । तर मैले तपाई मार्फत के भन्न चाहान्छु भने पहिलेको वर्ष भर्खरै आएका थियौं । तर पनि हामीले भनिहाल्यौं केही व्यवहारिक ज्ञानमा पुगिसकेका थियौं, त्यसैले यो वर्ष चाँहि अलि फरक बढि छलफल गरेर सबैलाई सहभागी बनाएर खासगरी मानव पूँजीको विकास पहिलो शर्त हो । सम्मुनत हो । हामीले मानव संसाधन क्षेत्रमा काम गर्न सकेनौं भने थुप्रै हामीले भौतिक निर्माणका कामहरु गरे पनि मानव संसाधनको विकास बिना त्यो अधुरो रहन्छ । विद्यालयको भवन बनाउनु समृद्धि हो, विद्यालय भित्रका विद्यार्थी, गुणस्तरीय शिक्षा सम्मुनति भित्र पर्छ ।
त्यसकारण यो वर्ष अझ बढी सम्मुनतीको आधार तय हुने गरी हामीले योजना निति कार्यक्रम बनाउँछौं । त्यसकारणले गर्दा खासगरी मानव पुँजीको विकासमा मान्छेको जिवनस्तर नबद्लिकन भौतिक विकासले मात्र सम्मुनतिको यात्रा पुरा हुँदैन् । त्यसले गर्दा मान्छेको जिवनस्तरलाई कसरी बदल्न सकिन्छ रु खासरी दिन, दुखी र गरिबहरुको, दलितहरुको विपन्न वर्गको कसरी जिवनस्तर बदल्न सकिन्छ भन्ने कुरामा यो वर्षको निति कार्यक्रममा निकै मिहिनेत गरेर अगाडी बढाउने प्रतिवद्धता गरेको छुँ ।
हुन्छ, महत्वपूणर् समय दिनुभयो, नगरप्रमुख ज्यू, धेर-धेरै धन्यवाद
तपाई र तपाईको सिंगो संचार माध्यममलाई पनि धेरै धेरै धन्यवाद् ।