बैशाख ११ गतेदेखि ‘पाँचौ गुल्मी महोत्सव’ हुने



गुल्मी – गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा आगामी बैशाख ११ गतेदेखि सदरमुकाम तम्घासको नुनथलामा ‘पाँचौ गुल्मी महोत्सव’ सञ्चालन हुने भएको छ। ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास : शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मूल उद्देश्यका साथ महोत्सव आयोजना हुन लागेको हो।

​बैशाख २३ गतेसम्म चल्ने महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ। महोत्सवमा स्थानीय कृषि उपज, हस्तकला, घरेलु उद्योगका सामग्री र स्थानीय खानाका परिकारहरूको विशेष प्रदर्शनी रहने संघका महासचिव चेतनारायण पाण्डेले जानकारी दिए।


Advertisement
Advertisement

​महोत्सवले स्थानीय कला-संस्कृतिको जगेर्ना, आन्तरिक पर्यटन प्रवद्र्धन र युवाहरूमा उद्यमशीलता विकास गर्ने लक्ष्य राखेको संघका अध्यक्ष मृगेन्द्र प्रसाद श्रेष्ठले बताए। चिदिचौर खेलमैदान निर्माणाधीन रहेकाले यसपटक महोत्सव नुनथला क्षेत्रमा गर्न लागिएको हो। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति र विभिन्न सांस्कृतिक झाँकीहरू समेत प्रदर्शन गरिनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन



Ticker news is only displayed on the front page.