देशका विभिन्न भुभागमा भारी वर्षाको सम्भावना ,बाढी पहिरोको सतर्कता अपनाउन आग्रह



काठमाडौ – देशैभर मौसम बदली भएको छ ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा नेपालको नजिक रहेको र न्यून चापीय प्रणालीको प्रभाव पनि रहेकोले मौसम बदली भएको हो । हाल देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

दिउँसो पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


Advertisement

आज राती देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

केही ठाउँमा भारी वर्षाको सम्भावना भएकोले बाढी पहिरोको जोखिमबाट बच्न सतर्कता अपनाउन महाशाखाको अपि छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन