गुल्मीको सत्यवति गाउँपालिकाको एक वर्षमा झन्डै ३२ लाख भत्तामा खर्च



गुल्मी – गुल्मीको सत्यवति गाउँपालिकाले एक आ.वमा अनुगमन ,भ्रमण ,बैठक र गोष्ठिमा गरि ३१ लाख ९४ हजार रुपैया खर्च गरेको छ ।

गाउँपालिकाले अनुगमनमा ११ लाख रुपैयाँ ,विभिन्न बैठक खर्च भनेर ५ लाख ९४ हजार रुपैयाँ ,गोष्ठीमा ५ लाख रुपैयाँ र भ्रमणमा ५ लाख रुपैया गरि जम्मा ३१ लाख ९४े हजार रुपैयाँ खर्च गरेको हो ।


Advertisement

गाउँपालिकाले पालिकाका जनप्रतिनिधि र कर्मचारीले गर्ने विभिन्न अनुगमनहरु गाउँपालिकाबाट सञ्चालित विभिन्न विकासका कार्यक्रमको अनुगमनमा सबैभन्दा बढि रकम खर्च भएको छ ।

गाउँपालिका उपाध्यक्षको नेतृत्वमा हुने विभिन्न विकासका कार्यक्रमको अनुगमन र बिभिन्न शाखाहरुले गर्ने आ-आफ्नो शाखाको अनुगमनमा अनुगमन खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमल प्रशाद भुषालले बताए ।

उनले गाउँपालिकाबाट सञ्चालित ३ लाखभन्दा ठुला योजनाहरुको अनुगमन हुने बताए । त्यस्तै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको भ्रमणमा पनि गाउँपालिकाले झन्डै ५ लाख रुपैयाँ खर्च गरेको छ भने विभिन्न बैठकमा र गोष्ठीमा पनि ५ लाख चौरनव्वे हजार रुपैयाँ खर्च गरेको हो । गाउँपालिकाले यस्ता अनुत्पादक क्षेत्रमा लाखौं रुपैयाँ खर्च गर्नाले यहाँको विकासमा असहज भने पक्कै हुने देखिन्छ ।

त्यस्तै गाउँपालिकाका एक आ.वमा इन्धनमा झन्डै १७ लाख रुपैयाँ खर्च गरेको छ । गाउँपालिकामा एक चार पाङ्ग्रे गाडि २१ वटा मोटरसाइकल र दुईवटा स्कुटि गरि गाउँपालिकामा २५ वटा सवारीसाधन छन् । २५ वटा साना ठुला सवारीसाधनका लागि गाउँपालिकाले एक आर्थिक वर्षमा सो्ह लाख नब्बे हजार दुई सय एकनब्बे रुपैयाँको इन्धन खर्च गरेको छ ।

त्यस्तै गाउँपालिकाले एक आर्थिक वर्षमा चिया खाजा र खानामा १२ लाख १८ हजार ६ सय पचपन्न रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले चिया खाजा र खानामा ८ लाख ६८ हजार ६ सय पचपन्न र अतिथि सत्कारमा तिन लाख पचास हजार रुपैयाँ खर्च गरेको हो ।यो खबर जिटिभी नेपालमा सुमन महताराले लेख्नुभएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन