तपाईको सहयोगले मेरो बाँच्ने सपना पूरा हुन सक्छ : पाईजा मगर



बाग्लुङ – दुवै मृगौला बिग्रिएपछि आर्थिक अभावमा पिल्सिएका जिल्लाको बडिगाड गाउँपालिका वडा न.८ का १७ बर्षीय नविन पाईजा मगरले थप उपचारको लागि आर्थिक सहयोग गर्न अनुरोध गरेका छन् ।

बिगत दुई महिनादेखि पोखराको मणिपाल अस्पताल हुँदै लेकसिटी अस्पतालमा उपचार गराईरहेका पाइजाले थप उपचारको लागि आर्थिक सहयोग गर्न अनुरोध गरेका हुन् ।


Advertisement

‘म बाँच्न चाहान्छु, तपाईको सानो सहयोगले मेरो बाँच्ने सपना पूरा हुन सक्छ’ उनले भने–‘त्यसैले तपाई सबै सामु सहयोगको लागि हात फैलाएको छु ।’

आर्थिक अवस्था कमजोर भएका उनको उपचारको लागि करिब १२ लाख रुपैयाँ सकिएको उनको बाबा पुन बहादुर पाइजाले बताए ।

‘घरमा आम्दानीको कुनै पनि श्रोत छैन, हालसम्म सबै ऋण काढेर उपचार गरियो’ उनले भने–‘कसैले सहयोग गरे छोरालाई बचाउन सकिन्थ्योकी ।’ छोरा नविनको लेकसिटी अस्पतालमा हप्ताको दुई पटक डायलसिस हुँदै आएको छ ।

डाक्टरहरुले उनको मृगौला प्रत्यारोपण गर्न सुझाव दिदै आएका छन् । त्यसको लागि पनि आर्थिक सहयोग चाहिने पाईजाले बताए ।

‘डाक्टरले अर्को मिर्गौला फेर्नु पर्छ भनेका छन्, तर डायलसिस गराउन जाने–आउने पैसा पनि छैन’ उनले भने–‘अबको थप उपचार कसैले सहयोग गरे मात्र हुनेछ ।’

गाउँको भिर्कुटी माध्यामिक विद्यालय कक्षा ९मा अध्ययनरत रहेकै समयमा उनी बिरामी परेका हुन् ।

कृषिसँगै भेडापालनबाट पाईजाको परिवारको दैनिकी चल्दै आएको छ । अहिले पाईजाको परिवारले कतिपय औषधी उद्यारो समेत किनेर खान बाध्य भएको छ ।

पाईजाको उपचारमा सहयोग गर्न ईच्छुकले भेना लक्षु पुनको नाममा प्रभु बैङ्कमा रहेको खाता न.०७५०१७६९५७००००१८मा सहयोग गर्न सकिनेछ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.