लाहुरे टासिंएको भीर र ‘सुपादेउराली’ को यस्तो छ महिमा!



अर्घाखाँची – सुपादेउराली मन्दिर अर्घाखाँची जिल्लामा अवस्थित एक महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो। जिल्लाको गोरुसिंगे-सन्धिखर्क सडक खण्डको सुपा खोलाको पश्चिम क्षेत्रमा यो मन्दिर रहेको छ।

नरपानी र फलामे दुवै अग्ला महाभारत पर्वत श्रृंखलाको बिचमा झण्डै ४ हजार ५ सय फिटको उचाइँको कहालीलाग्दो भीमकाय खोँचमा यो मन्दिर अवस्थित छ।


Advertisement

यहाँ भाकल र दर्शन गरेपछि आँटेको काम सफल हुने किंवदन्तीअनुसार अहिले पनि यहाँ भाकल गर्ने र भाकल चढाउनेहरुको भीड लाग्छ। यो प्रसिद्ध धार्मिक शक्तिपीठको स्थापनाबारे विभिन्न जनश्रुतिहरु पाइन्छन्।

भगवान रामकी पत्नी सीताले बनाएको चुलो, जाँतो, आदिका शिलाहरुबाट त्रेतायुगदेखि नै यहाँ शक्ति थियो भन्ने मान्यता छ । यहाँ भाकल गरेपछि मनोकामना पूरा हुने र भाकल गरेर चढाउँछु भनेको कुरा नचढाएमा देवी रिसाउँछिन् भन्ने मान्यता छ।

लाहुरेले भाकल गरेर भाकल पूरा नगरेकाले नजिकैको भीरमा रहेको चट्टानमा लाहुरे टाँसिएको किंवदन्ती छ। यहाँ एकादशी, औँशी, कृष्णजन्माष्टमी, ऋषिपञ्चमी, शिवरात्री, रामनवमी, श्रीपञ्चमीलगायतका पर्वमा पूजा गर्ने र भेटी चढाउनेको भीड लाग्छ। हिमाल दर्पण डटकममा यो खबर छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.