पैँचो पसलका प्रबन्ध निर्देशक न्यौपानेलाई ५० हजार जरिवाना



✍️हुमाकान्त पोखरेल / गुल्मी – न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा विक्री वितरण गरेको आरोपमा पैँचो पसल प्रा.लि.का प्रबन्ध निर्देशक ध्रुवराज न्यौपाने जरिवानामा परेका छन् । टमाटरको ससमा कम गुणस्तरको पदार्थ प्रयोग गरी निर्माण गरेको भन्दै गुल्मी जिल्ला अदालतले मंगलबार न्यौपानेलाई ५० हजार रुपैँया जरिवाना तोकेको हो ।

खाद्य पदार्थ तथा गुण नियन्त्रण विभागले पैँचो पसले उत्पादन गरेको उक्त ससलाई ०७८ पौष १८ देखि अनुसन्धान गर्दै आएको थियो । पछि विभागको तर्फबाट कर्मचारी प्रमिला राइले ०७९ चैत १४ मा गुल्मी जिल्ला अदालतमा पैँचोका प्रबन्ध निर्देशक न्यौपानेका बिरुद्ध मुद्धा दर्ता गराएकी थिइन् ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रतिवेदनका आधारमा न्यौपानेले सरकारको मापदण्डभन्दा कम गुणस्तरको टमाटरको सस उत्पादन गरेको भन्दै कारवाहीस्वरुप जरिवाना तोकिएको गुल्मी जिल्ला अदालतले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.