गुल्मीको मुसिकोटका विपन्न विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण



गुल्मी – गुल्मीको मुसिकोट-७ स्थित श्री महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा अध्यनरत ३ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न दाताहरुबाट प्राप्त सहयोग हस्तान्तरण गरिएको छ।

आर्थिक अभावका कारण आफ्नो अध्ययनमा कठिनाई भईरहेका उनीहरुलाई विभिन्न सघंसंस्था तथा व्यक्तिहरुले पठाउनुभएको सहयोग मंगलबार विद्यालयमा पुगेर हस्तान्तरण गरिएको पहलकर्ता एवम् युवा समाजसेवी विवेक काफ्लेले जानकारी दिए।


Advertisement

जसमध्ये तुल्सी रानालाई आईसीएस ईनटरनेशनल एजुकेशन एण्ड भिजा सर्भिसेस काठमाण्डौले कक्षा ११-१२ को अध्ययनका लागि वार्षिक १० हजारका दरले रु २० हजार सहयोग गरेको छ।

त्यस्तै मुसिकोट नगरपालिका वडा नं. ७ घर भई हाल जापानमा कार्यरत नारायण बोहोरा क्षेत्रीले कक्षा ७ मा अध्ययनरत प्रमिषा रानालाई नगद रु. ११ हजार सहयोग गर्नुभएको छ। प्रमिषा अभिभावक विहिन बालिका हुन्। उनका बुबा आमा सम्पर्कमा नरहेको र मामा घरमा बसेर अध्ययन गर्दै आईरहेकी छिन्।

त्यस्तै मुसिकोट नगरपालिका वडा नं. ८ घर भई हाल जापानमा व्यवसाय गर्दै आउनुभएका कृष्ण प्रसाद खरालले कक्षा ६ मा अध्ययन गर्ने प्रकाश रानालाई नगद रु. १० हजार सहयोग गर्नुभएको छ। प्रकाशले केही वर्ष अगाडि बुवा गुमाए पश्चात अहिले घरमा एक्लै बस्दै आएका छन्। उनकी आमा समेत अर्कैको घरमा काम गर्ने र उतै बस्ने गर्दा उनी घरमा एक्लै भएका हुन्। बिहान बेलुकी घरको काम संगै मजदुरी गरेर उनले दिउँसो विद्यालय पढ्दै आएका छन्।

विदेशमा रहेर आफ्नो श्रम र पसिना खर्च गरी आर्जन गरेको पैसाले अभाव र पीडामा रहेका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग गर्ने गरी सहयोग प्रदान गरेको भन्दै विद्यालयका प्रधानाध्यापक देविराम शर्माले सबै सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गरे।

समाजसेवी विवेक काफ्लेको पहलमा गत वर्ष पनि विभिन्न ठाउँका गरिब, जेहेन्दार र आर्थिक अभावमा आफ्नो अध्ययनलाई अगाडी बढाउन नसकेका विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.