मदिराको तालमा एक युवाले गरे प्रहरी निरीक्षक कटुवालमाथि बन्चरो प्रहार



झिलझिले— मदिरा सेवन गरेका युवाको मोटरसाइकल रोक्दा झापाको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्जमाथि आक्रमण भएको छ । प्रहरी निरीक्षक युवराज कटुवालमाथि बिहीबार साँझ बन्चरो प्रहार भएको हो ।

सादा पोसाकमा रहेका कटुवालले शिवसताक्षी नगरपालिका-९ स्थित सडकमा तीन जना सवार मे ४ प २७५१ नम्बरको अनियन्त्रित मोटरसाइकल रोकेका थिए ।


Advertisement

मोटरसाइकलमा पछाडि सवार ३६ वर्षीय अशोक पोखरेलले उनलाई बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ । टाउको र हातमा चोट लागेका कटुवालको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

बन्चरो प्रहार गर्ने पोखरेल, मोटरसाइकल चालक ३२ वर्षीय अरुण तामाङ र पछाडि सवार ३३ वर्षीय लक्ष्मण टुडुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.