रेसुङ्गा १० मा दुई वर्षदेखि ४३ वटा पानी टंकी अलपत्र



गुल्मी – गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १० मा करिब २ वर्षदेखि पानी टंकी अलपत्र परेका छन् । वडानम्बर ११ मा स्थानीयलाई वितरणका ल्याइएका खानेपानीका टंकी माग भन्दा धेरै आएपछि २ वर्षदेखि अलपत्र परेका हुन् ।


रेसुङ्गा नगरपालिका वडानम्बर १० को वडा कार्यालय परिसरमा राखिएका ४३ वटा पानी टंकी अहिले बेवारिसे अबस्थामा छन् । केहि टंकी राखेको ठाउँबाट हराइसकेको रेसुङ्गा नगरपालिका वडानम्बर ११ का वडाअध्यक्ष खुमबहादुर रानाले बताए ।५ सय लिटरमा पानी टंकी ४ हजार ५० रुपैयाँका दरले खरिद गरिएको थियो । वडाको माग अनुसार आएका टंकी वितरण गरिसकेको वडाअध्यक्ष रानाले बताए ।


Advertisement


अहिले वडा कार्यालयलमा बाँकी रहेका टंकीको भूक्तानी पनि नभएकाले फिर्ता गर्ने वा नगरपालिकाले प्रयोगमा ल्याउने भन्ने बारेमा नगरपालिकामा छलफल गरिने वडाअध्यक्ष रानाले बताए । तर रेसुङ्गा नगरपालिका वडानम्बर १० का वडाअध्यक्ष रामबहादुर बस्नेतले उपभोक्ता समितिले हिसाब नबुझाएकाले वितरण गर्न रोकिएको बताए ।पूर्व जनप्रतिनिधिले वडानम्बर ११ का हुन भन्ने र कम्पनीबाट धेरै आएको भन्ने हिसाब पनि नबुझाएकाले वितरण कार्यमा समस्या भएको बस्नेतले बताए ।

त्यस समयमा रेसुङ्गा नगरपालिका वडानम्बर १० ले ०७८÷०७९ सालमा २५५ घरपरिवारलाई पानी टंकी वितरण गरेको थियो ।त्यस्तै वडानम्बर ११ ले पनि पानी टंकी वितरण गरेको थियो । कृषि तथा पशुपालन अन्र्तगत महिला लक्षित ,दलित लक्षित कार्यक्रम अनुसार पानी टंकी वितरण गरिएको हो ।नियमित आइरहेको पानी कहिलेकाही बिग्रिए पछि बन्द हुने हुदाँ नागरिकहरुलाई सहजहोस भनी पानी टंकी वितरण गर्ने योजना राखिएको थियो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.